अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी « Khabarhub

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी


२१ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट गोल गरेपछि एभर्टनले म्यानचेस्टर युनाइटेडसँग २–२ गोलको रोमाञ्चक बराबरी खेलेको छ ।

हिल डिकिन्सन स्टेडियममा भएको खेलमा युनाइटेडले दुईपटक अग्रता बनाए पनि घरेलु टोलीले दुवैपटक बराबरी गर्दै अंक बाँड्न सफल भयो। यससँगै एभर्टनले प्रिमियर लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको सुरुआतमै युनाइटेडले अग्रता लिएको थियो । ब्रायन एम्बुमोले गोल गर्दै पाहुना टोलीलाई १–० को अवस्थामा पुर्‍याए ।

तर अग्रता लिएपछि युनाइटेडमाथि एभर्टनले दबाब बढाउँदै लग्यो। लगातार आक्रमण गरेको घरेलु टोलीका लागि खेल सकिन सात मिनेट बाँकी रहँदा टाइरिक जर्जले गोल गर्दै स्कोर १–१ मा पुर्‍याए ।

बराबरीपछि दुवै टोलीले निर्णायक गोलको प्रयास गरे। खेलको ८८औँ मिनेटमा बेन्जामिन सेस्कोले हेडरमार्फत गोल गरेपछि युनाइटेड फेरि २–१ ले अघि बढ्यो। संयोगवश, सेस्कोले अघिल्लो सिजन पनि यही मैदानमा निर्णायक गोल गरेका थिए ।

युनाइटेड जिततर्फ अघि बढिरहेको देखिए पनि एभर्टनले अन्तिम क्षणमा खेलको नतिजा उल्ट्यायो । इन्जुरी समयको छैटौँ मिनेटमा मैटल्यान्ड नाइल्सले लामो दूरीबाट प्रहार गरेको बल गोलको माथिल्लो बायाँ कुनामा पुगेपछि एभर्टनले खेल २–२ को बराबरीमा ल्यायो ।

अन्तिम क्षणमा आएको उक्त गोलसँगै एभर्टनले महत्वपूर्ण एक अंक सुरक्षित गर्‍यो भने युनाइटेड तीन अंकको नजिक पुगेर पनि बराबरीमा रोकियो ।

प्रकाशित मिति : २१ भदौ २०८३, आइतबार  १० : ४७ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला