वुमन च्याम्पियन्स लिग क्रिकेट : क्षमता प्रदर्शन गर्ने राम्रो प्लेटफर्म « Khabarhub

वुमन च्याम्पियन्स लिग क्रिकेट : क्षमता प्रदर्शन गर्ने राम्रो प्लेटफर्म


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्विन्स इभेन्ट म्यानेजमेन्टले प्रालिले आयोजना गर्न लागेको ‘वुमन च्याम्पियन्स लिग’ (डब्लुसीएल) क्रिकेट प्रतियोतामा सहभागी टोली र मार्की खेलाडीको घोषणा गरिएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोकले प्रतियोगितामा काठमाडौं, ललितपुर, पोखरा, चितवन र विराटनगरका टिमहरुले सहभागिता जनाउने बताएका छन् ।

जसमा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्यापिटल्स रोयल्स काठमाडौं, चितवन राइनोज र विराटनगर टाइटन्स रहेका छन् । शुक्रबार आयोजकले टिमसँगै टिमका मालिक र मार्की खेलाडीको समेत घोषणा गरेको हो ।

जसमा ललितपुर फाल्कोन्सको मार्की खेलाडीमा राष्ट्रिय महिला टोलीकी खेलाडी नेरी थापा रहेकी छन् । पोखरा पल्टनको मार्की खेलाडीमा सीता राना मगर रहँदा क्यापिटल्स रोयल्स काठमाडौंमा रुवीना क्षेत्री रहेकी छन् ।

यस्तै, चितवन टाइगर्सको मार्की खेलाडीमा इन्दु बर्मा रकेकी छन् भने विराटनगर टाइटन्सलाई सरिता मगरले नेतृत्व गरेकी छन् ।

प्रतियोगितामा सहभागी टिम र मार्की खेलाडी घोषणा भइरहँदा यसअघि हुने भनिएको प्रतियोगिताको मिति सारेपनि खेलाडीहरुले लिग आयोजना गरेकोमा खुशी व्यक्त गरे ।

राष्ट्रिय टोलीकी कप्तान समेत रहेकी क्यापिटल्स रोयल्स काठमाडौंकी मार्की खेलाडी रुवीनाले प्रतियोगिताले महिला क्रिकेटको विकासमा महत्वपूर्ण भूमिका निभाउने प्रतिक्रिया दिइन् । उनले आफ्नो टिमका मालिकले आफूमाथिको विश्वासका लागि धन्यवाद भन्दै प्रतियोगिता आउने दिनमा अझै राम्रो हुने आशा व्यक्त गरिन् ।

यसैगरी, पोखरा पल्टनकी मार्की खेलाडी रहेकी सिताले महिला खेलाडीका लागि फ्रेन्चाइज लिग आफ्नो क्षमता प्रदर्शन गर्ने राम्रो प्लेटफर्म बन्ने विश्वास व्यक्त गरिन् ।

उनले नेपाली क्रिकेटमा आफूहरु निराश भइरहँदा शुरु भएका फ्रेन्चाइर्ज लिगहरुले आफूमा अझै राम्रो गर्नै हौसला मिलेको बताइन् भने चितवनकी मार्की खेलाडी इन्दु बर्माले आफू लिग खेल्न उत्साहित रहेको बताइन् ।

पत्रकार सम्मेलनमा उपस्थित राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपालमा क्रिकेटको माहोल बन्नुका साथै भविष्य समेत उज्वल रहेको बताए ।

उनले भने, ‘नेपालमा अहिले क्रिकेटले माहोल बनेको छ । पुरुष क्रिकेटमा पछिल्लो ४—५ वर्षमा कर्पोरेट क्षेत्रको सहयोमा फ्रेन्चाईज लिग भइरहेका छन् र कर्पोरेट क्षेत्रको सहयोगमै महिला लिग पनि भइरहेको छ । यसले खेलाडीहरुमा नयाँ उत्साह जगाएको छ ।”

यस्तै, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमल्सिनाले सरकार र राखेपले निजी क्षेत्रको साथ र सहयोगको महत्व बुझेको भन्दै आगामी दिनमा खेलकुदमा निजी क्षेत्रसँग मिलेर अगाडि बढ्ने बताए ।

प्रतियोगिता जेष्ठ ३ गतेदेखि ९ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ४ : ०५ बजे

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, एकै परिवारका चारसहित कम्तीमा १६ जना मारिए

इस्लामावाद- पाकिस्तानले फेरि एक पटक अफगानिस्तानमा एयरस्ट्राइक गरेको छ। आइतबार

यो निर्वाचनले परिवर्तनको अपेक्षा पूरा गर्नेछ : डा. अयोधीप्रसाद यादव (अन्तर्वार्ता)

राजविराज– प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले २०७३ असार २७

पाक-अफगान सीमा तनाव चुलियो

बिहसुद– पाकिस्तानले आइतबार छिमेकी अफगानिस्तानको सीमा क्षेत्रमा गरेको व्यापक हवाई

मेची भन्सारबाट आठ अर्ब ६१ करोड बढीको अलैँची निर्यात

भद्रपुर– मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ

पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा

काठमाडौं–  नेपालमा पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति शीघ्र कार्यान्वयनमा ल्याउने