यस्तो बन्दैछ बन्दीपुर ग्रेटवाल (तस्वीरसहित) « Khabarhub

यस्तो बन्दैछ बन्दीपुर ग्रेटवाल (तस्वीरसहित)



तनहुँ- तनहुँको पर्यटकीय महत्व बोकेको सुन्दर गाउँपालिका बन्दीपुरमा चार किलोमिटर लामो बन्दीपुर ग्रेटवाल बन्ने भएको छ ।

बन्दीपुर ग्रेटवाल नाम दिइएको मणिमुकुन्देश्वरी पर्खाल निर्माणको काम जारी राखिएको छ । यो आधुनिक पदमार्ग बन्दीपुर बजारबाट शुरु भई थानीमाई, समिभञ्ज्याङ् हुँदै मुकुन्देश्वरी गढी जोडिनेछ ।

झण्डै ११ करोड लागतमा निर्माण गर्न लागि महत्वाकांक्षी योजनाको प्रारम्भिक डीपीआर निर्माण भएपनि अन्तिम डीपीआर तयार भइ नसकेको बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले बताए ।

अहिले तयार गरिएको डीपीआर तथा प्रारम्भिक अवधारणा चित्रमा धेरै कुराहरु समावेश गर्न बाँकी रहेको उनले बताए । यो पदमार्गमा मुकुन्दसेनको शालिक तथा पार्कहरु, ड्राईपिकनिकस्थल लगायतका केही महत्वपूर्ण चिजहरु समावेश गर्न बाँकी नै रहेको डीपीआर पूर्ण भएर आएपछि बजेट निकासा गरिने गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए ।

बन्दीपुर ग्रेटवालले चिनाउन खोजिएको ४ किलोमिटर लामो मणिमुकुन्देश्वरी पर्खाल निर्माणका लागि गाउँपालिकाबाट अघिल्लो आर्थिक वर्षमा गाउँपालिकाबाट १० लाख तथा पर्यटन पूर्वाधार कार्यक्रमका लागि भन्दै केन्द्र सरकारले २५ लाख बजेट निकासा भएको सूचनाअधिकारी गीरबहादुर रानाले बताए ।

सय गन्तब्य मध्ये एक कार्यक्रमबाट ५० लाख र गाउँपालिकाबाट निकासा भएको २० लाख गरी अहिलेसम्म ७० लाखको काम भइसकेको गाउँपालिका अध्यक्ष थापाले बताए । उनकाअनुसार अहिलेसम्म ११ सय मिटरको वाल निर्माणको काम भइसकेको छ ।

‘थानीमाई मुकुन्देश्वरी पर्यटकीय पदमार्ग’ नामाकरण गरी थालिएको बन्दीपुर ग्रेटवालको चौडाई चार मिटर र पर्खालको उचाई २ फिट रहने अध्यक्ष थापाले बताए ।

एक सय दुई वर्गकिलोमिटर क्षेत्रफलमा फैलएको सानो तर विविधताले सजिएको सुन्दर गाउँ पर्यटकीय महत्व बोकेको बन्दीपुर गाउँपालिकाले बन्दीपुर ग्रेटवालजस्तै अन्य थुप्रै महत्वाकांक्षी योजनाहरु अघि सारेको छ ।

तनहुँ जिल्लाको पुरानो सदरमुकाम बन्दीपुर मोटर यातायातको सुविधा नहुँदा पश्चिम पहाडको तनहुँ, कास्की, लमजुङ, गोरखा र मनाङका लागि दक्षिणबाट सामान ल्याउने मुख्य नाकाको रुपमा रहेको थियो ।

विस २०२५ सालमा सदरमुकाम बन्दीपुरबाट दमौली सारिए पनि बन्दीपुरले पछाडी फर्किनु परेन । ब्यापारिक केन्द्रबाट पर सारिए पनि पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै गएको बन्दीपुर अहिले विश्वभरी नै प्रसिद्ध छ ।

कोरोना भाइरस संक्रमणबाट विश्व आक्रान्त भइरहँदा सुन्दर पर्यटकीय बन्दीपुर गाउँपालिका पनि त्यसबाट अछुतो रहन सकेन । झण्डै ७ महिनादेखि पाहुनाहरुलाई स्वागत सत्कार गर्न नपाएको बन्दीपुर फेरि पनि तंग्रिने तरखरमा छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  १० : ५४ बजे

सम्पर्कविहीन प्रियजन सकुशल भेटिने आशा कायम राखौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बाढीका

प्रधानमन्त्रीले दिए रवीन्द्र ढाँटलाई बधाई

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रोड टु युएफसी सिजन–५

उन्नाइसौँ पुस्तकालय दिवसको मूल समारोह स्थगित

काठमाडौं – भदौ १५ गते मनाउन तय गरिएको १९औँ पुस्तकालय

पृथ्वी राजमार्गको खुल्यो, काठमाडाैंबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने

काठमाडौं – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध

प्रधानमन्त्री राहत कोषमा वीरगञ्ज हेल्थ केयर अस्पतालको १० लाख रुपैयाँ

वीरगन्ज– रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि