स्वास्थ्य क्षेत्रमा २ अर्बभन्दा बढी बेरुजु « Khabarhub

स्वास्थ्य क्षेत्रमा २ अर्बभन्दा बढी बेरुजु


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठकाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायमा २ अर्बभन्दा बढी रकम बेरुजु रहेको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले स्वास्थ्य क्षेत्रमा २ अर्व ६८ करोड ७७ लाख ५८ हजार रकम बेरुजु रहेको देखाएको हो ।

प्रतिवेदनका अनुसार स्वास्थ्य मन्त्रालय मातहतका सरकारी कार्यालयतर्फ ९९ निकायमा १ अर्ब ४९ करोड ४४ लाख १२ हजार बेरुजु बाँकी रहेको छ ।

स्वास्थ्यका १ सय १३ वटा सरकारी निकायमा १ अर्ब ४९ करोड ६८ लाख ८३ हजार बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि १४ निकायले २४ लाख ७१ फर्छ्यौट गरका थिए ।

स्वास्थ्यको सरकारी निकायमा अब १ अर्ब ४९ करोड ४४ लाख १२ हजार बेरुजु बाँकी रहेको छ । सो रकममध्ये ९२ करोड ४५ लाख ३५ हजार पेस्की बाँकी रहेको प्रतिवेदनले उल्लेख छ ।

यस्तै स्वास्थ्यका संगठित संस्था, अन्य संस्था र समितिका विभिन्न ५४ ओटा संस्थाको १ अर्ब १९ करोड ३३ लाख ४६ हजार बेरुजु रहेको देखिएको छ । देशभर रहेका ७२ गैर सरकारी स्वास्थ्य संस्थामा १ अर्ब २१ करोड ७ लाख ८१ हजार बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि १८ निकायले १ करोड ७४ लाख ३५ हजार फर्छ्यौट गरेको थिए ।

स्वास्थ्यको गैर सरकारी निकायमा अब १ अर्ब १९ करोड ३३ लाख ४६ हजार बेरुजु रहेको छ । सो रकममध्ये ५३ करोड ६४ लाख ६० हजार पेस्की बाँकी रहेको प्रतिवेदनले देखाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतमा विनियोजन भएको २७ अर्ब ९८ करोड ४९ लाख, राजस्वबाट उठेको ५१ करोड ५ लाख, धरौटी बापतको ४१ करोड ६६ लाख र २ अर्ब ४१ करोड १० लाख अन्य कारोबार गरी ३१ अर्ब ३२ करोड ३० लाखको लेखा परीक्षण गरिएको थियो । यस्तै समिति र संस्था अन्तरगत रहेका स्वास्थ्यका १ सय २४ निकायको ३३ अर्ब ५ करोड ९२ लाखको लेखा परीक्षण गरिएको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ६ : ३८ बजे

गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई

हामीले नोटबन्दीबारे सोचेका छैनौँ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका

तेमाल बृहत् खानेपानी आयोजना : पाँच वर्ष लम्बियो, अझै अनिश्चित

काभ्रेपलाञ्चोक– एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना निर्माण

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु

मेसाक चक्रवातपछि चीनमा बाढी : १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ- दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा जुलाईको सुरुवातमा आएको मेसाक