स्वास्थ्य क्षेत्रमा २ अर्बभन्दा बढी बेरुजु | Khabarhub Khabarhub

स्वास्थ्य क्षेत्रमा २ अर्बभन्दा बढी बेरुजु


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठकाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायमा २ अर्बभन्दा बढी रकम बेरुजु रहेको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले स्वास्थ्य क्षेत्रमा २ अर्व ६८ करोड ७७ लाख ५८ हजार रकम बेरुजु रहेको देखाएको हो ।

प्रतिवेदनका अनुसार स्वास्थ्य मन्त्रालय मातहतका सरकारी कार्यालयतर्फ ९९ निकायमा १ अर्ब ४९ करोड ४४ लाख १२ हजार बेरुजु बाँकी रहेको छ ।

स्वास्थ्यका १ सय १३ वटा सरकारी निकायमा १ अर्ब ४९ करोड ६८ लाख ८३ हजार बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि १४ निकायले २४ लाख ७१ फर्छ्यौट गरका थिए ।

स्वास्थ्यको सरकारी निकायमा अब १ अर्ब ४९ करोड ४४ लाख १२ हजार बेरुजु बाँकी रहेको छ । सो रकममध्ये ९२ करोड ४५ लाख ३५ हजार पेस्की बाँकी रहेको प्रतिवेदनले उल्लेख छ ।

यस्तै स्वास्थ्यका संगठित संस्था, अन्य संस्था र समितिका विभिन्न ५४ ओटा संस्थाको १ अर्ब १९ करोड ३३ लाख ४६ हजार बेरुजु रहेको देखिएको छ । देशभर रहेका ७२ गैर सरकारी स्वास्थ्य संस्थामा १ अर्ब २१ करोड ७ लाख ८१ हजार बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि १८ निकायले १ करोड ७४ लाख ३५ हजार फर्छ्यौट गरेको थिए ।

स्वास्थ्यको गैर सरकारी निकायमा अब १ अर्ब १९ करोड ३३ लाख ४६ हजार बेरुजु रहेको छ । सो रकममध्ये ५३ करोड ६४ लाख ६० हजार पेस्की बाँकी रहेको प्रतिवेदनले देखाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतमा विनियोजन भएको २७ अर्ब ९८ करोड ४९ लाख, राजस्वबाट उठेको ५१ करोड ५ लाख, धरौटी बापतको ४१ करोड ६६ लाख र २ अर्ब ४१ करोड १० लाख अन्य कारोबार गरी ३१ अर्ब ३२ करोड ३० लाखको लेखा परीक्षण गरिएको थियो । यस्तै समिति र संस्था अन्तरगत रहेका स्वास्थ्यका १ सय २४ निकायको ३३ अर्ब ५ करोड ९२ लाखको लेखा परीक्षण गरिएको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ६ : ३८ बजे

दुई दिनमा १ लाखले लगाए हैजाविरुद्धको खोप

काठमाडौं– बारा र पर्सामा दुई दिनमा १ लाखले हैजाविरुद्धको खोप

दुई महिनामा साढे तीन खर्ब विप्रेषण भित्रियो

काठमाडौं- चालु आर्थिक वर्षको दुई महिनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले

ललितपुर महानगरद्वारा जुम्लाको चन्दननाथमा गणेश मन्दिर निर्माण

जुम्ला– ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले आन्तरिक तथा बाह्य पर्यटन

नेपालमा डेंगु संक्रमितको संख्या ६ हजार नाघ्यो 

काठमाडौं– नेपालमा डेंगु संक्रमितको संख्या ६ हजार १ सय ६

दशैँ-तिहारमा ब्ल्याक डेकरको उपहार योजना : हिरो बाइकदेखि भियतनाम ट्रिपसम्म !

काठमाडौं– घरेलु उपकरण ब्रान्ड ब्ल्याक डेकरले दशैँ–तिहार विशेष उपहार योजना