बाँकेमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु « Khabarhub

बाँकेमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा – बाँकेमा कोरोना सङ्क्रमणबाट आज साँझ थप एक पुरुषको मृत्यु भएको छ ।

मधुमेह, उच्चरक्तचाप र मुटु रोगबाट पीडित नेपालगञ्ज उपमहानगरपालिका–१२ का ६० वर्षीय पुरुषको उपचारकै क्रममा भेरी अस्पतालमा साँझ ४ बजेर ५६ मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, स्वास्थ्यमा समस्या आएपछि असोज १५ गते बिहान १० बजे भेरी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएको उनको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

रोगको प्रकृति अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दा समेत विरामीको अवस्थामा सुधार आउन नसकेर उपचारकै क्रममा उनको मृत्यु भएको कोरोना स्रोत व्यक्ति श्रेष्ठले बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले मृतकको घरपरिवार र नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको जानकारी दिए ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ८ : ५२ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा