काठमाडौँमा १ हजार ३७३ सहित उपत्यकामा १ हजार ५९९ संक्रमित थपिए « Khabarhub

काठमाडौँमा १ हजार ३७३ सहित उपत्यकामा १ हजार ५९९ संक्रमित थपिए


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ १ हजार ३७३ सहित उपत्यकामा १ हजार ५९९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा मात्रै १ हजार ३७३ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमित ५०५ जना महिला र ८६८ जना पुरुष छन् ।

त्यस्तै भक्तपुरमा ३९ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित हुने २० महिला र १९ पुरुष छन् ।

ललितपुरमा ७९ महिला र १०८ पुरुषसहित १८७ जनामा कोरोना पुष्टि भएको छ ।

यसैबीच नेपालमा बितेको २४ घण्टामा २ हजार २५३ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।

त्यस्तै थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । आज ७ जना मृतक थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।

मन्त्रालयका अनुसार एकैदिन १ हजार ३२९ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म निको हुनेको संख्या ६४ हजार ६८ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २२ हजार २१९ पुगेको छ । उनीहरु संस्थागत तथा होम आइसोलेसनमा छन् । ४ हजार २०३ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ४ : ३८ बजे

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो