बिदामा रहेकालाई ओमान फर्किँदा एनओसी नचाहिने « Khabarhub

बिदामा रहेकालाई ओमान फर्किँदा एनओसी नचाहिने


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : बिदामा रहेका नेपाली कामदार ओमान फर्किँदा नो अब्जेक्सन लेटर (एनओसी) आवश्यक नपर्ने भएको छ ।

यसअघि बिदामा नेपालमा रहेका श्रमिकलाई ओमान प्रवेश गर्न एनओसी अनिवार्य गरे पनि अब भने नचाहिने जानकारी गराएको ओमानस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार ओमान सरकारको पछिल्लो निर्णय अनुसार अब एनओसी लिनु नपर्ने व्यवस्था गरिएको जनाएको हो । बिदामा आएकाहरु अब ६ महिनाभन्दा बढी अबधि भए पनि एनओसी बिनै जान पाउनेछन् ।

अक्टोवर १ देखि ओमानको अन्तराष्ट्रिय विमानस्थल खुलेको र पीसीआर लगायत स्वास्थ्य सम्बन्धी आवश्यक प्रोटोकल पुरा गरी नेपालबाट ओमान तथा ओमानबाट स्वदेश सहजरूपमा फर्किन सकिने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ६ : १५ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि