'यसपटक जो जहाँ छौं, त्यहीँ दशैं मनाऔं' | Khabarhub Khabarhub

‘यसपटक जो जहाँ छौं, त्यहीँ दशैं मनाऔं’


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गइरहेका बेला सरकारले सर्वसाधारणलाई जो जहाँ छ, त्यहीँ बसेर यो वर्षको दशैं मनाउन आग्रह गरेको छ ।

दशैं मनाउन घर फर्किने तयारीमा रहेकालाई जहाँको त्यहीँ बसेर दशैं मनाउन सरकारले आग्रह गरेको हो । संघीय राजधानी काठमाडौं कोरोनाको हटस्पट बनिरहेको छ । सरकारले यसअघि अत्यावश्यक कामबाहेक कोही पनि काठमाडौं प्रवेश नगर्न आग्रह गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले आइतबारको नियमित पत्रकार सम्मेलनमा ओहोरदोहोर गर्दा कोरोना गाउँ गाउँ पुग्‍न सक्ने भएकाले यसपटक जो जहाँ छ, त्यहीँ दशैं मनाउन आग्रह गरेका हुन् ।

‘कोरोना संकट गहिरिँदो छ, त्यसैले यो वर्षको दशैं जहाँ बसेका छौं, त्यहीँ रहेर मनाऔँ’, उनले भने, ‘यो सबैलाई आग्रह हो । यस पटकको दशैँमा घर जान बल नगरौं।’

साथै उनले स्वास्थ्य मापदण्ड पालना गर्न र लापरवाही नगर्न आग्रह गरे। ‘हामीले अनुनय विनय गरिरहेका छौं । जनस्वास्थ्यका मापदण्ड पालना गर्न भनिरहेका छौं’,उनले भने ।

प्रवक्ता गौतमले स्वास्थ्यको मापदण्ड पालना नगर्नेलाई जरिवाना तिराउने पनि बताए । उनले मास्क नलगाउने तथा अन्य मापदण्ड पालना नगर्नेलाई जरिवानाको व्यवस्था गरिएको बताए ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ७ : २४ बजे

प्रतिनिधिसभा बैठक आधा घन्टाका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । 

चीनमा घट्दै गएको जनसङ्ख्या बढाउन के गर्ने ? यस्तो छ नयाँ अनुसन्धानको सुझाव

बेइजिङ- चीनले तीव्र रूपमा घट्दो जनसङ्ख्या र बढ्दो वृद्धावस्थाको चुनौती

बीपी प्रतिष्ठानलाई जोगाउने कडी : इमानी र साहसी नेतृत्व 

स्वास्थ्य शैक्षिक क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान बनाएको बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा

रिटर्नीहरुसँग प्रचण्डले भने-  अहिले देशको राजनीतिमा उतारचढाव छ

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आर्थिक समृद्धिका

काठमाडौंमै चर्को गर्मी (तस्बिरहरू)

काठमाडौं– देशभर गर्मी बढ्न थालेको छ । केही दिन अघि