बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु « Khabarhub

बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – बाँकेमा थप एक कोरोना सङ्क्रमितको निधन भएको छ । दैलेख नारायण नगरपालिका वडा नं ८ का ५१ वर्षीय कोरोना सङ्क्रमितको कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा आज १ बजेर ३५ मिनेटमा मृत्यु भएको हो ।

आन्द्रा फुटेर कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा भर्ना भई उपचार गराइरहेका उनलाई कोरोना सङ्क्रमण देखिएपछि आजै कोहलपुर शिक्षण अस्पताल रिफर गरिएको थियो ।

रोगको प्रकृतिअनुसार सबैखाले उपचार विधि अपनाउँदासमेत बिरामीलाई जोगाउन नसकिएको जिल्ला कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ ।

शव व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीमार्फत पहल भइरहेको जिल्ला कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

यसअघि आजै महेन्द्रनगरकी २९ वर्षीया सङ्क्रमित सुत्केरीको उपचारकै क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो । यससँगै बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएर ज्यान गुमाउने कोरोना सङ्क्रमितको सङ्ख्या १० पुगेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ९ : ३५ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम