तीन महिनामा समातिए १ सय ६३ फरार प्रतिवादी « Khabarhub

तीन महिनामा समातिए १ सय ६३ फरार प्रतिवादी


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ-  तनहुँको देवघाट गाउँपालिका–२ का ६१ वर्षीय खड्कबहादुर दमैलाई जिल्ला अदालत तनहुँले विसं २०४९ मङ्सिर ८ गते दुई वर्ष ८ महिना २२ दिन कैदको फैसला सुनायो ।

जिउ मास्ने उद्योगमा कैद सजाय तोकिएका उनी त्यसयता फरार सूचीमा थिए । प्रहरीले उनीलाई २८ वर्षपछि आइतबार पक्राउ गरेको छ ।

देवघाट–४ का सनबहादुर थापालाई सोही अदालतले विसं २०६३ कात्तिक १२ गते एक महिना कैदको फैसला सुनायो । सवारी ज्यान मुद्दामा कैद तोकिएका थापालाई प्रहरीले १४ वर्षपछि आइतबार पक्राउ गरेको छ ।

यी दुई घटना त उदाहरण मात्रै हुन् ।  अदालतबाट सजाय तोकिएका विभिन्न मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयले विशेष अभियान नै चलाएको छ ।

प्रहरीको अभियान अन्तर्गत असार पहिलो सातादेखि यही असोज १८ गतेसम्म १ सय ६३ फरार प्रतिवादी पक्राउ परेका छन् ।

फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत आइतबार मात्रै प्रहरीले २४ जनालाई पक्राउ गरेको जिप्रकाका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार कर्तव्य ज्यान मुद्दामा फरार एक, मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार सात, सम्बन्ध बिच्छेद मुद्दामा फरार दुई, केही सार्वजनिक अपराध मुद्दामा फरार पाँच, दर्ता बदर सार्वजनिक गरी पाउँ मुद्दामा फरार दुई, जालसाजी मुद्दामा फरार दुई, जारी मुद्दामा फरार एक र सवारी ज्यान मुद्दामा फरार एक जनालाई पक्राउ गरिएको छ ।

पक्राउ परेका प्रतिवादीले रु २५ देखि रु २२ हजारसम्म जरीवाना तथा ७ दिनदेखि दुई वर्ष ९ महिना सम्म कैद सजाय भुक्तान गर्न बाँकी रहेको प्रनाउ तिमिल्सिनाले जानकारी दिए ।

पक्राउ परेकालाई जिल्ला अदालत पेश गरिएको छ । प्रहरीका अनुसार असार महिनामा ६, साउनमा ४२, भदौमा ५२ र असोजमा ६० जना पक्राउ परेका छन् ।

पक्राउ परेका प्रतिवादीबाट रु २४ लाख भन्दा बढी जरीवाना असुल गरिएको छ । प्रहरीले फरार प्रतिवादी पक्राउ गर्नका लागि विशेष टोली नै बनाएको छ ।

जिप्रकाका प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेलले गल्ती गरेपछि कारवाही भोग्नैपर्छ भन्ने सन्देश दिन प्रहरी सफल भएको बताए ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ७ : ४० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया