तातोपानी नाका आजदेखि सञ्चालन, भित्रिए ११ कन्टेनर « Khabarhub

तातोपानी नाका आजदेखि सञ्चालन, भित्रिए ११ कन्टेनर


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

​सिन्धुपाल्चोक- पहिरोका कारण तीन महिनादेखि बन्द भएको तातोपानी नाका आजदेखि सञ्चालनमा आएको छ ।

असोज १३ गते नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका आजदेखि सुचारु गर्ने सहमति भएसँगै नाकाबाट आयात सुरू भएको छ ।

औपचारिक रूपमा नाका आजदेखि सञ्चालनमा आए पनि चीनबाट भने आइतबारदेखि नै आयात सुरू भएको छ ।

आइतबार ११ कन्टेनर कपडा र कच्चा पदार्थहरु आएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए ।

कोरोना भाइरसको सङ्क्रमण नहोस् भन्ने उद्देश्यले तातोपानी भन्सार कार्यालयले २९ जनाको दुई टोलीलाई सामान लोड/अनलोड गर्ने टिम तयारी राखेको छ । उनीहरूको ५/५ दिनमा कोरोना परीक्षण गरिने व्यवस्था मिलाइएको छ ।

गत असार २५ गतेदेखि चीनसँग जोडिएको तातोपानी नाका बन्द भएको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ९ : २६ बजे

राष्ट्रपतिसमक्ष महिला आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष

एसियाली खेलकुद : नेपालले खोल्यो जितको खाता

काठमाडौँ – जापानमा जारी २०औँ एसियाली खेलकुद (एसियाड) मा नेपालले

राष्ट्र बैंकबाट ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही

काठमाडौँ– नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष

इटहरीमा एम्बुलेन्सभित्र भेटियो साढे चार क्विन्टल गाँजा

काठमाडौँ – सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित कोशी लोकमार्गमा बेवारिसे अवस्थामा

सुनको मूल्य तोलाको ३ लाख २ हजार ३ सय रुपैयाँ पुग्यो

काठमाडौँ – बुधबार सुनचाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी