बाँके र बर्दियामा आठ सय बढी घर निर्माण हुने « Khabarhub

बाँके र बर्दियामा आठ सय बढी घर निर्माण हुने


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँके र बर्दियामा प्रदेश ५ सरकारले जनता आवास कार्यक्रम अन्तर्गत अति विपन्न तथा गरिबीको रेखामुनी रहेका परिवारका लागि ८०६ घर निर्माण गर्ने भएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी विकास तथा भवन कार्यालय बाँकेमार्फत घर निर्माण हुने जनाइएको छ । शहरी विकास तथा भवन कार्यालय बाँकेका निमित्त प्रमुख इन्जिनीयर रामआश्रय शाहले भने, ‘चालू आबमा बाँकेमा ३९६ र बर्दियामा ४०९ गरी ८०६ घर निर्माण हुनेछ ।’

घर नभएका र झुप्रोमा बस्दै आएका यी दुई जिल्लाका अति विपन्न, दलित, मुस्लिम, पिछडा वर्ग तथा सीमान्तकृतलाई लक्षित गरेर सञ्चालन गरिएको जनता आवास कार्यक्रमबाट प्रत्येक परिवारका लागि दुई कोठा, एक भान्सा, बरण्डा र शौचालयसहितको घर निर्माण गरिने जनाइएको छ ।

उनका अनुसार संघीय सरकारको सशर्त अनुदानमार्फत प्रदेश नं. ५ सरकारले जनता आवास कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । कार्यक्रम अन्तर्गत बाँकेको कोहलपुर नगरपालिका वडा नं १२ को सुन्दर बस्तीका ४६ जना विपन्न, दलित तथा सीमान्तकृत समुदायका लागि निर्माण गरिएको पक्की घर हस्तान्तरणको क्रममा रहेको छ ।

कोभिड–१९ को सङ्क्रमण फैलने त्रासको कारण प्राविधिक फिल्डमा जानलाई समस्या भएकोले कार्य मुल्याङ्कन गरी सेवाग्राहीको किस्ता पठाउन केही कठिनाई भएको कार्यालय प्रमुख शाहको भनाइ छ ।

जनता आवास कार्यक्रममा छनौट भएका सेवाग्राहीले रु तीन लाख ५० हजार प्रति घरवापत पाउने भएपनि कन्टिजेन्सीवापत चार प्रतिशत काटेर रु तीन लाख ३६ हजार सेवाग्राहीको खातामा चार किस्तामा कामको प्रगतिको आधारमा रकम जाने व्यवस्था मिलाइएको छ ।

सेवाग्राहीले कूल रकमको १० प्रतिशतको लगानी वा श्रमदान गर्नुपर्ने प्रावधान समेत रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  १२ : १३ बजे

एक हजार ५२१ किलो गाँजा नष्ट

धनकुटा– जिल्ला प्रहरी कार्यालय धनकुटाले बरामद गरेको ठूलो परिमाणको प्रतिबन्धित

आज पनि नेप्से परिसूचक झिनो अंकमै सीमित 

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

बजारमा ग्यासको अभाव हटाउन सरकारलाई राष्ट्रियसभा अध्यक्षको रुलिङ

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सहज रूपमा ग्यास आपूर्ति

सरकारले तत्काल देखिने काम नगरेको जस्तो लागे पनि १५–२० वर्षलाई जग खन्दै छ : रवि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान

कांग्रेस कोशी सरकारबाट बाहिरिँदै, चार मन्त्रीसहित राज्यमन्त्रीले आजै राजीनामा दिने

विराटनगर- नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ। कांग्रेसका