प्रदेश २ को बेरुजु १६ करोड ४६ लाख ९ हजार रुपैयाँ | Khabarhub Khabarhub

प्रदेश २ को बेरुजु १६ करोड ४६ लाख ९ हजार रुपैयाँ


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– प्रदेश २ को वार्षिक लेखा परीक्षण प्रतिवेदनमा प्रदेश मातहतका १० निकायको ६९ करोड ४३ लाख ९५ हजारको गरिएको लेखा परिक्षणबाट कूल १६ करोड ४६ लाख ९ हजार रकम बेरुजु देखिएको छ ।

यो रकम प्रतिशतका आधारमा २३ दशमलव ७१ प्रतिशत हो । कूल बेरुजुमध्ये असुल गर्नुपर्ने बेरुजु २ करोड ५ लाख ७९ हजार छ । नियमित गर्नुपर्ने बेरुजु ३ करोड ६९ लाख ३० हजार, पेश्की बाँकी १० करोड ७१ लाखमा कर्मचारी पेश्की १ लाख र संस्थागत पेश्की १० करोड ७० लाख रहेको छ ।

लेखा परीक्षण गरिएका १० वटा कार्यालयमध्ये ४ वटा कार्यालयको लगती बेरुजु देखिएको छैन । बाँकी ६ वटा कार्यालयमध्ये मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा १२ करोड ९१ लाख ३० हजार बेरुजु देखिएको छ भने आन्तरिक मामिला तथा कानून मन्त्रालयमा २ करोड ५ लाख ९५ हजार बेरुजु देखिएको छ ।

त्यसैगरी, सामाजिक विकास मन्त्रालयमा १ करोड ३३ लाख, भौतिक पूर्वाधार विकास मन्त्रालयमा ८ लाख ३२ हजार, उद्योग पर्यटन तथा वातावरण मन्त्रालयमा ६ लाख ५२ हजार र प्रदेशसभा सचिवालयमा १ लाख बेरुजु देखिएको छ ।
यस्तै यो प्रदेशमा प्रदेश सरकारले जारी गर्नुपर्ने सवै ऐन कानून प्राथमिकता अनुसार तयार गरी प्रदेश सभामा पेश गर्नुपर्नेमा अहिलेसम्म १६ कानुनमात्र पारित भएको पाइएको छ ।

त्यस्तै स्वीकृत दरवन्दी ३१५८ मध्ये १८१२ मात्र समायोजन भएका कारण कार्यसम्पादन अपेक्षा अनुसार हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । यो प्रदेशमा ७७ करोड ४३ लाख ८० हजार बजेटमध्ये २९ करोड ५४ लाख ३२ हजार मात्र खर्च भएको छ ।

प्रतिवेदन सार्वजनिक गर्नुपूर्व नायब महालेखापरीक्षक सुवर्ण ढकालले प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थलाई नम्बर २ को वार्षिक लेखा परीक्षण प्रतिवेदन बुझाएका थिए ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ८ : ५४ बजे

माओवादी सचिवालय बैठक बस्दै, एकीकृत समाजवादीसँग एकताबारे छलफल गर्ने 

काठमाडौं– नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बस्दैछ

पानी पर्न रोकिए आइतबारदेखि नै लाइसेन्स छापिने

काठमाडौं- वि.स. २०८१ मा सुरक्षण मुद्रणसम्बन्धी ऐन लागू भएपछि सरकारले सरकारी

भारत–नेपाली स्टार्टअप नेटवर्क सुरु, नेपाली उद्यमीका लागि नयाँ अवसर

काठमाडौ‌– भारत र नेपालका स्टार्टअपबीचको सहकार्य सुदृढ गर्न नयाँ सीमापार

वर्षाका कारण किसानलाई धान भित्र्याउन समस्या

म्याग्दी– खेतमा पाकेको धान भित्र्याउने समयमा भएको वर्षातका कारण म्याग्दीका

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल