हाडनाता करणीका आरोपी पक्राउ « Khabarhub

हाडनाता करणीका आरोपी पक्राउ


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- चौध वर्षीया बालिकालाई जर्वजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सर्लाही प्रहरीको सहयोग र समन्वयमा नाताले आफ्नै भतिजी पर्ने चौध वर्षीया बालिकालाई जर्वजस्ती करणी गरेको आरोपमा २१ वर्षीय पुरुषलाई पक्राउ गरेको हो ।

गत पुस दुई गते घरमा कोही नभएको बेला डरधम्की देखाएर ती पुरुषले बालिकालाई जर्वजस्ती करणी गरेको र त्यसको गर्भबाट छोरा जन्मिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।

उनका अनुसार प्रहरीमा जाहेरी परेपछि सर्लाही प्रहरीको समन्वयमा ती पुरुषलाई यही असोज १८ गते पक्राउ गरी कास्की ल्याएर आवश्यक कारवाही अगाडि बढाइएको छ ।

आरोपितविरुद्ध हाडनाता करणी कसुरमा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको  उनले बताए ।

त्यसैगरी प्रहरीले पोखरा–१६ बाट लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–१६ तुम्केस्थित बाटोमा हिडिरहेको अवस्थामा शङ्का लागेर चेकजाँच गर्दा लागुऔषधसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुको साथबाट डाइजोपाम सात एम्पुल, फेनेरागन सात एम्पुल, बुर्फिनर्फिन सात एम्पुल गरी कूल २१ एम्पुल र लागुऔषध गाँजा एक केजी २२३ ग्राम फेला परेको छ ।

पक्राउ पर्नेमा पोखरा–१६ जोगमणीका २१ वर्षीय समिर गुरुङ र अथित गुरुङ, २४ वर्षीय मोहित खवास, पोखरा– १९ का मनोज विक र धादिङ सुनौला बजार घर भई पोखरा–१६ बस्ने ३० वर्षीय कुमार ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पक्राउ परेका सबैलाई लागुऔषध नियन्त्रण ऐन–२०३३ विपरितको कसूरअन्तर्गत कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता हमालले जानकारी दिए ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ६ : १८ बजे

रविले बोलाएको संसदीय दलको बैठकमा कुन-कुन मन्त्री भए सहभागी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार बोलाएको

मौरिसस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी

मुआब्जा दिन रेलमार्गका जग्गाधनीको माग

झापा– प्रस्तावित पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा

जनार्दनसहितको अग्रगामी मोर्चाले सीकेलाई तोक्यो प्रवक्ता 

काठमाडौं– अग्रगामी मोर्चाले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई

पोखरा पुगे भारतीय सेना प्रमुख धीरज सेठ (तस्बिरहरू)

काठमाडौं– नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल धीरज सेठ पर्यटकीय