हाडनाता करणीका आरोपी पक्राउ | Khabarhub Khabarhub

हाडनाता करणीका आरोपी पक्राउ


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- चौध वर्षीया बालिकालाई जर्वजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सर्लाही प्रहरीको सहयोग र समन्वयमा नाताले आफ्नै भतिजी पर्ने चौध वर्षीया बालिकालाई जर्वजस्ती करणी गरेको आरोपमा २१ वर्षीय पुरुषलाई पक्राउ गरेको हो ।

गत पुस दुई गते घरमा कोही नभएको बेला डरधम्की देखाएर ती पुरुषले बालिकालाई जर्वजस्ती करणी गरेको र त्यसको गर्भबाट छोरा जन्मिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।

उनका अनुसार प्रहरीमा जाहेरी परेपछि सर्लाही प्रहरीको समन्वयमा ती पुरुषलाई यही असोज १८ गते पक्राउ गरी कास्की ल्याएर आवश्यक कारवाही अगाडि बढाइएको छ ।

आरोपितविरुद्ध हाडनाता करणी कसुरमा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको  उनले बताए ।

त्यसैगरी प्रहरीले पोखरा–१६ बाट लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–१६ तुम्केस्थित बाटोमा हिडिरहेको अवस्थामा शङ्का लागेर चेकजाँच गर्दा लागुऔषधसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुको साथबाट डाइजोपाम सात एम्पुल, फेनेरागन सात एम्पुल, बुर्फिनर्फिन सात एम्पुल गरी कूल २१ एम्पुल र लागुऔषध गाँजा एक केजी २२३ ग्राम फेला परेको छ ।

पक्राउ पर्नेमा पोखरा–१६ जोगमणीका २१ वर्षीय समिर गुरुङ र अथित गुरुङ, २४ वर्षीय मोहित खवास, पोखरा– १९ का मनोज विक र धादिङ सुनौला बजार घर भई पोखरा–१६ बस्ने ३० वर्षीय कुमार ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पक्राउ परेका सबैलाई लागुऔषध नियन्त्रण ऐन–२०३३ विपरितको कसूरअन्तर्गत कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता हमालले जानकारी दिए ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ६ : १८ बजे

ललितपुर महानगरपालिकाले थाल्यो अनधिकृत संरचना हटाउन (तस्बिरहरू)

काठमाडौं– ललितपुर महानगरपालिकाले आजबाट महानगर भित्रका घरहरूमा निर्माण गरिएका अनधिकृत

गैरआवासीय नेपालीको गुनासो- मालपोतले समेत नचिन्ने नागरिकताको के काम ?

काठमाडौं- गैरआवासीय नेपालीहरूले राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग

मार्गप्रशस्त गरेर छानबिनमा सहयोग गर्न गृहमन्त्रीलाई माओवादीको सुझाव

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले भिजिट

सहरी विकासमा धेरै बजेटबारे वर्षमानको आशंका- खल्तीका योजना हालेर भ्रष्टाचार गर्न खोजिएको हुन सक्छ

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले अर्थमन्त्री विष्णु

प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी