मनास्लु हिमालको आरोहण गर्दै बहराइनका राजकुमारको टोली « Khabarhub

मनास्लु हिमालको आरोहण गर्दै बहराइनका राजकुमारको टोली


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बहराइनका राजकुमार शेख नसिर बिन हमाद अल खालिफाको टोली मंगलबार मनास्लु हिमाल आरोहणमा निस्किएको छ ।

कोरोना भारइस (कोभिड-१९) संकटकै बीच नेपाल भ्रमणमा रहेका राजकुमार नासिरको टोलीले गोरखाको मनास्लु हिमाल आरोहणमा गएको पर्यटन विभागले जनाएको छ ।

यसअघि राजकुमार नासिरसहितको टोली गत शनिबार छ हजार एक सय १९ मिटर अग्लो लुबुचे हिमाल आरोहण गरेर फर्किएको थियो ।

राजकुमार नासिर टोली आरोहणको सम्पूर्ण संयोजन सेभेन समिट ट्रेक प्रालिले गरिरहेको छ । आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि त्यहाँ बाटो बनाउने काम भइरहेको प्रालिले जनाएको छ । बाटो बनाउने कामसँगै राजकुमार नासिरको आरोहण यात्रा मंगलबार सुरु भएको हो ।

कोरोना महामारीका कारण विगत ६ महिनादेखि ठप्प भएको पर्यटन क्षेत्रमा राजकुमार नासिरको भ्रमणले विशेष महत्व राख्ने पर्यटन व्यवसायीले बताएका छन् ।

राजकुमार नासिरको आरोहण टोलीमा बहराइनका शाही परिवार, सुरक्षा टोली, नेपाली तथा विदेशी गाइडसहित २५ जना रहेका छन् ।

मनास्लु आरोहणको तयारीका लागि ७५ जनाको टोली एक साताअघि नै मनास्लु आधार शिविर पुगेको थियो । उक्त टोलीले पहिलो आधार शिविर र दोस्रो आधार शिविरसँगै क्याम्प बनाउने काम सकेपछि राजकुमार नासिरको टोली आरोहणमा निस्किएको हो ।

नासिरको आरोहण टिमको नेतृत्व २४ पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गरेका कामीरिता शेर्पाले गरेका छन् ।

कामीरितासँगै विश्वका १४ वटा अग्ला हिमाल आरोहण गरेका छाङदावा शेर्पा, कान्छा सगरमाथा आरोही टासी लाक्पा शेर्पासमेत उनको टोलीमा रहेको सभेन समिट प्रालिले जनाएको छ ।

भदौ १५ गते कोरोना संकटकै बीच सरकारले बहराइनका राजकुमारलाई नेपाल आउनका लागि चार्टर्ड फ्लाइट अनुमति दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ११ : ४५ बजे

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको

बन्न नसकेको पोखरा बसपार्कमा महानगरको डोजर

काठमाडौं– पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत लामो समयदेखि