मनास्लु हिमालको आरोहण गर्दै बहराइनका राजकुमारको टोली | Khabarhub Khabarhub

मनास्लु हिमालको आरोहण गर्दै बहराइनका राजकुमारको टोली


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बहराइनका राजकुमार शेख नसिर बिन हमाद अल खालिफाको टोली मंगलबार मनास्लु हिमाल आरोहणमा निस्किएको छ ।

कोरोना भारइस (कोभिड-१९) संकटकै बीच नेपाल भ्रमणमा रहेका राजकुमार नासिरको टोलीले गोरखाको मनास्लु हिमाल आरोहणमा गएको पर्यटन विभागले जनाएको छ ।

यसअघि राजकुमार नासिरसहितको टोली गत शनिबार छ हजार एक सय १९ मिटर अग्लो लुबुचे हिमाल आरोहण गरेर फर्किएको थियो ।

राजकुमार नासिर टोली आरोहणको सम्पूर्ण संयोजन सेभेन समिट ट्रेक प्रालिले गरिरहेको छ । आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि त्यहाँ बाटो बनाउने काम भइरहेको प्रालिले जनाएको छ । बाटो बनाउने कामसँगै राजकुमार नासिरको आरोहण यात्रा मंगलबार सुरु भएको हो ।

कोरोना महामारीका कारण विगत ६ महिनादेखि ठप्प भएको पर्यटन क्षेत्रमा राजकुमार नासिरको भ्रमणले विशेष महत्व राख्ने पर्यटन व्यवसायीले बताएका छन् ।

राजकुमार नासिरको आरोहण टोलीमा बहराइनका शाही परिवार, सुरक्षा टोली, नेपाली तथा विदेशी गाइडसहित २५ जना रहेका छन् ।

मनास्लु आरोहणको तयारीका लागि ७५ जनाको टोली एक साताअघि नै मनास्लु आधार शिविर पुगेको थियो । उक्त टोलीले पहिलो आधार शिविर र दोस्रो आधार शिविरसँगै क्याम्प बनाउने काम सकेपछि राजकुमार नासिरको टोली आरोहणमा निस्किएको हो ।

नासिरको आरोहण टिमको नेतृत्व २४ पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गरेका कामीरिता शेर्पाले गरेका छन् ।

कामीरितासँगै विश्वका १४ वटा अग्ला हिमाल आरोहण गरेका छाङदावा शेर्पा, कान्छा सगरमाथा आरोही टासी लाक्पा शेर्पासमेत उनको टोलीमा रहेको सभेन समिट प्रालिले जनाएको छ ।

भदौ १५ गते कोरोना संकटकै बीच सरकारले बहराइनका राजकुमारलाई नेपाल आउनका लागि चार्टर्ड फ्लाइट अनुमति दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ११ : ४५ बजे

सुरु भयो रोपाइँ (तस्बिरहरू)

सिन्धुली– असारको पहिलो सातामै वर्षा भएपछि किसानहरू खेतीमा व्यस्त भएका

सुर्खेतबाट पैदल आएका नवराजले भेटे कांग्रेस नेता कोइरालालाई

काठमाडौं– कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट ३१ दिन लगाएर पैदलयात्रामा काठमाडौं

गाजामा एकैदिन सातजना इजरायली सैनिक मारिए

गाजा – गाजाक्षेत्रमा जारी कारबाहीका क्रममा सातजना इजरायली सेना मारिएका

सेफ्टीक ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका– १० बिनुवाटोलमा दुई बालबालिकाको ट्वाइलेटको सेफ्टीक ट्याङ्कीमा

तथ्यमा आधारित समाचार बनाउन पत्रकारलाई गण्डकीका मुख्यमन्त्री पाण्डेको आग्रह

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूसँग रिस गर्नेहरूले तथ्यहीन