उद्योगी व्यवसायीलाई राहत दिन माग « Khabarhub

उद्योगी व्यवसायीलाई राहत दिन माग


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरा उद्योग वाणिज्य संघले गण्डकी प्रदेश सरकारले घोषणा गरेको व्यवसाय जीवन रक्षा कोष तत्काल प्रयोगमा ल्याउन माग गरेको छ ।

संघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दामु अधिकारीले प्रदेश सरकारले घोषणा गरेको कोषबाट राहत पाउने आशामा रहेका व्यवसायी कार्यविधि नै नबन्दा निराश भएको बताए ।

‘मृत्युपछि ओखतीको काम हुँदैन’, अध्यक्ष अधिकारीले भने, ‘घोषणाको लागि मात्र कोष बनेको हो भने एउटा कुरा, होइन भने सो कोष तत्काल कार्यान्वयनमा आउनुपर्छ भन्ने पोखरा उद्योग वाणिज्य संघको माग रहेको छ ।’

उनले ढलेका व्यवसाय उठाउन राज्यबाट सहयोगको टेको दिइयोस् भन्ने निजी क्षेत्रको माग रहेको बताउँदै सरकारले आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिमार्फत् घोषणा भएको राहत प्याकेज वास्तविक पीडित व्यवसायीले पाउनुपर्नेमा जोड दिए ।

लकडाउन र निषेधाज्ञा त खुले पनि उद्योग व्यवसायले गति लिन नसकेको उनको भनाइ थियो । अध्यक्ष अधिकारीले कोभिड–१९ ले सिर्जना गरेको विषम परिस्थितिका कारण कतिपय व्यवसायी पलायन भएका तथा धेरैजसो व्यवसायी बैंकबाट लिएको कर्जाको साँवा र ब्याज कसरी बुझाउने भन्ने तनावमा रहेको बताए ।

यता पोखरा उद्योग वाणिज्य संघले गएको बर्षमा आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापार मेलाबाट करिब ८ लाख ९० हजार ९२१ लाख वचत भएको जनाएको छ ।

अध्यक्ष अधिकारीका अनुसारले संघले प्रवेश टिकटबाट १५ लाख ३१ हजार तथा विभिन्न शीर्षकमा भएका प्रायोजक लगायतका स्रोतबाट ८२ लाख ९२ हजार ४ सय गरी ९८ लाख २३ हजार ४ सय आम्दानी गरेको थियो । सबै खर्च कटाउँदा उत्त, रकम बचत भएको जानकारी दिए ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ११ : २८ बजे

ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाउछौँ : मन्त्री गौरीकुमारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण

सुदूरपश्चिमको औद्योगिक विकासको आशा : दैजी औद्योगिक क्षेत्र अन्योलमा

महेन्द्रनगर– साढे पाँच वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको बेदकोट

सडक मर्मतमा हलेसी तुवाचुङको नयाँ अभ्यास, २६ सडक हेरालु परिचालन

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले ग्रामीण सडकमा बाह्रै महिना यातायात सञ्चालन

अदालतकै अगाडि आत्मदाह प्रयास, मिटरब्याज पीडित महिलालाई प्रहरीले बचायो

जनकपुरधाम- मधेश प्रदेशको राजधानी सहर जनकपुरधामस्थित धनुषा जिल्ला अदालतअगाडि बुधबार

सरकारी कार्यालयका निवेदनमा अब एकरूपता, डिजिटल सेवामा जोड

काठमाडौं– सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग