अस्पतालबाट ह्वाइटहाउस फर्केपछि ट्रम्पले भने– कोभिडसँग नडराऔं « Khabarhub

अस्पतालबाट ह्वाइटहाउस फर्केपछि ट्रम्पले भने– कोभिडसँग नडराऔं


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन रात अस्पताल बसाईंपछि फर्किएका छन् । कोरोना भाइरसको संक्रमित भएपछि उपचारका लागि अस्पताल भर्ना भएका उनी गएराति फर्किएका हुन् ।

अस्पतालबाट फर्किएपछि उनले कोरोना भाइरसबाट नडराउन भनेका छन् । उनले भनेका छन्, ‘कोभिडबाट नडराऔं । यसलाई जीवनमाथि हावी हुन नदिऔं ।’ ट्रम्पले ह्वाइट हाउस पुगेर बाल्कोनीमा बसी मास्क फुकालेका छन् ।

यसअघि ट्रम्पले अस्पताबाट फर्किने बताएका छन् । उनले आफू उत्कृष्ट अवस्थामा रहेको बताएका थिए ।

ट्रम्पले कोरोनाको उपचार गरिरहँदा अस्पतालबाट बाहिर कारको यात्रामा निस्किएका थिए । उनले समर्थकहरुलाई हात हल्लाएका थिए ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  १२ : २९ बजे

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने