दुबईमा क्यान्सरको उपचार गराइरहेका छन् सञ्जय दत्त, फ्यान चिन्तित « Khabarhub

दुबईमा क्यान्सरको उपचार गराइरहेका छन् सञ्जय दत्त, फ्यान चिन्तित


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड कलाकार सञ्जय दत्तलाई क्यान्सर भएको केही समयअघि सार्वजनिक भएको थियो । ‘सञ्जु बाबा’ का नामले परिचित सञ्जयले यसबारेमा फ्यानलाई जानकारी गराएका थिए ।

उनलाई चौथो चरणको क्यान्सर भएको छ । उनी यतिबेला दुबईमा उपचार गराइरहेका छन् ।

सञ्जयका फ्यान विश्वभर फैलिएका छन् । हालै एक फ्यानले उनको फोटो शेयर गरेका छन् । उक्त तस्वीर सार्वजनिक भएपछि सञ्जयका फ्यान चिन्तित भएका छन् । किनकि, सार्वजनिक भएका तस्वीरमा सञ्जय बिरामीजस्ता देखिन्छन् ।

फ्यानले सञ्जय दत्तको फोटो शेयर गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।

पछिल्लो रिपोर्टअनुसार सञ्जय दुब्ला देखिएका छन् भने उनको अनुहार फ्रेस पनि देखिएको छैन  । सञ्जयको उपचारका क्रममा उनको केमो सेक्सन चलिरहेको छ । जसकारण सञ्जयको तौल कम भएको छ ।

सञ्जयले आफ्ना् फिल्मको शूटिङ पूरा गरेर उपचार थालेका थिए । क्यान्सर देखिएपछि उनले केही समय कामबाट समेत विदा लिएका थिए ।

पछि सञ्जय आफ्नो बाँकी फिल्मको शूटिङ थालेर परिवारका साथ दुबई उडेका थिए ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  १२ : ५० बजे

जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जातीय भेदभाव तथा छुवाछूत

वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो

कञ्चनपुर– निर्माण कार्य अलपत्र पारिएका कञ्चनपुरका १५ वटा सडक आयोजनाका

होल्डिङ सेन्टरमा गम्भीर बिरामी परेका सुकुम्वासी भेषबहादुरको उपचारका क्रममा मृत्यु

काठमाडौं– सरकारले सुकुमबासी बस्तीबाट बल प्रयोग गरेर विस्थापित गराएपछि कीर्तिपुरस्थित

बालेन्द्रको राजीनामा माग्दै नेकपाको प्रदर्शन

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामाको माग गर्दै नेपाली कम्युनिष्ट पाटी(नेकपा)ले

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं– काभ्रेको पाँचखाल नगरपालिका-१२ खहरेगाउँस्थित सडकमा खहरेगाउँबाट काँसकोटेतर्फ आउँदै गरेको बा.६३