यु.एन.एच.सी.आर.की प्रतिनिधिद्वारा परराष्ट्रमन्त्री समक्ष ओहोदाको प्रमाणपत्र पेश « Khabarhub

यु.एन.एच.सी.आर.की प्रतिनिधिद्वारा परराष्ट्रमन्त्री समक्ष ओहोदाको प्रमाणपत्र पेश


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालस्थित शरणार्थीहरुका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यु.एन.एच.सी.आर.) की नवनियुक्त प्रतिनिधि  क्यारोलिन स्पानुथ वर्माले परराष्ट्रमन्त्री  प्रदीपकुमार ज्ञवाली समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेकी छिन् ।

नेपालमा यु.एन.एच.सी.आर. प्रतिनिधिको रूपमा कार्यभार सम्हाल्न गत भदौ ३० मा काठमाडौं आएकी उनले परराष्ट्रमन्त्री ज्ञवाली समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेकी छिन् ।

आफ्नो काम सुरु गरेपछि उनले भनिन्, “उत्पीडनबाट बच्न भाग्न बाध्य भएका व्यक्तिहरुलाई संरक्षण प्रदान गर्ने मामिलामा नेपाल सरकार र नेपाली जनताको काम प्रशंसनीय रहेको छ। विशेषगरी आफ्नै संसाधनहरूको चुनौतीका बीच पनि नेपालले देखाएको उदारतालाई अन्तर्राष्ट्रिय समुदायले कदर गरेको छ।’

उनले आफ्नो कार्यकालमा नेपाल सरकार र यूएनएचसीआरका अन्य साझेदारहरूसँग मिलेर सहकार्य रहने जनाइन् ।

उनी शरणार्थी संरक्षणका लागि यूएनएचसीआरमा आबद्ध भएको करिब २५ वर्ष भएको छ ।

उनले विभिन्न अन्तर्राष्ट्रिय संरक्षण र कानूनसम्बन्धी पदहरूमा रहि मोरक्को, मलेसिया, इन्डोनेसिया, उत्तरी म्यासेडोनिया, बुल्गेरिया र युएनएचसीआरको मुख्यालयमा अन्तर्राष्ट्रिय संरक्षण विभागका साथै एसिया र अफ्रिकाका क्षेत्रीय कार्यालयहरुमा काम गरिसकेकी छिन् ।

उनले अन्तर्राष्ट्रिय शरणार्थी संरक्षणको विषयमा मात्र नभएर, पुनर्वास, एकीकरण, स्वेच्छिक स्वदेश फिर्ती, शरणार्थी हैसियत निर्धारण, अन्तर्राष्ट्रिय मानवीय कानून, गैर-सैनिक नागरिकहरूको संरक्षण, बाल संरक्षण, लैङ्गिक सवालहरू, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समूहको समावेशिता, क्षमता विकास, शरणार्थीसम्बन्धी कानूनी प्रशिक्षण र कर्मचारी कल्याणका क्षेत्रमा पनि काम गरेकी छिन् ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ८ : ४२ बजे

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले

अर्थसहित तीवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।

साँगुरीगढीबाटै थायी लेखा नम्बर वितरण : सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

धनकुटा- धनकुटाको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसाय दर्ताका लागि

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना

उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा

चितवन– बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले