शंकास्पद कुकुर वा पशुले टोके रेबिज हुनसक्छ, यस्ता छन् लक्षण र बच्ने उपाय « Khabarhub

शंकास्पद कुकुर वा पशुले टोके रेबिज हुनसक्छ, यस्ता छन् लक्षण र बच्ने उपाय


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रेबिज पशुबाट मानिसमा सर्ने रोग हो । यो प्राय जंगली जनावर स्याल, ब्वाँसो, फ्याउरा र घरपालुवा पशु कुकुरको टोकाईबाट सर्ने गर्दछ । तथापी यो रोग संक्रमितको र्यालबाट समेत सर्न सक्छ ।

रेबिज लिसा नामको स्नायु नसामा प्रभाव पार्ने आर एन ए भाइरसका कारणले हुने रोग हो । यो रोग रेबिज संक्रमित जनावरको र्यालबाट घाउको बाटो हुँदै शरीरभित्र छिरेर स्नायु नशाको माध्यमले मस्तिष्कसम्म पुग्ने गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष विश्वमा करिब ६० हजार मानिसको मृत्यु रेबिजका कारण हुने गरेको छ ।

रेबिज सरेपछि देखिने लक्षण
१. पानीदेखि डर लाग्ने
२. पशुले टोकेको वा घाउ भएको स्थान दुख्ने
३. ज्वरो आउने
४. शरीर निदाउने, घोचे वा पोले झै हुने
५. भाइरस टाउकोसम्म पुगेको भए मस्तिष्क र स्नायुहरु सुन्निने
६. व्यक्तिको क्रियाकलाप र व्यवहारमा परिर्वतन आउने
७. हावासँग डराउने
८. खान असहज हुने ।
९. हात खुट्टा राम्रोसँग नचल्ने

बच्ने उपाय
– शंकास्पद पशुले टोके १५ मिनेटसम्म साबुन पानीले मज्जाले घाउ धुने
– ढिलो नगरी नजिकको स्वास्थ्य चौकि जाने
– सडकका कुकुरबाट टाढा रहने, नजिस्क्याउने
– घरपालुवा जनावरको ब्यवहारमा परीवर्तन आए सचेत रहने
– घरका पशुलाई रेबिज विरुद्धको खोप लगाउने
– टोकेको १० दिनमा कुकुर मरे रेबिज हुने भएकाले तुरुन्त चिकित्सकको परामर्श लिने ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ११ : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै