सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको छ : मधु आचार्य « Khabarhub

सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको छ : मधु आचार्य


२३ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले वर्तमान सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको आरोप लगाएका छन् । उनले सरकार गठन भएको ६ महिना नपुग्दै सरकारको पारदर्शिता र कार्यशैलीमाथि गम्भीर प्रश्न उठ्न थालेको बताएका हुन् ।

रिपोर्टर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा आचार्यले सरकारको निर्णय प्रक्रिया र सरोकारवालासँगको संवाद अभावले मुलुकमा बिचौलियाहरू हाबी हुने अवस्था सिर्जना भएको बताए ।

कार्यकारी तह र सरोकारवालाबीच नियमित संवाद नहुँदा बिचौलियाहरूले सरकारका नाममा आफ्नो स्वार्थ पूरा गर्ने अवसर पाइरहेको उनको भनाइ छ । उनले दानबहादुर कार्कीलाई पदबाट हटाइएको विषयमा पनि सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताए ।

प्रमुख प्रतिपक्षी दल सरकारलाई आवश्यक सहयोग गर्न तयार रहे पनि सरकारले सहकार्यको वातावरण बनाउन नसकेको आचार्यले आरोप लगाए ।

सरकारले संसद्लाई छलेर अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको टिप्पणी गर्दै उनले विधायिकाको भूमिकालाई कमजोर बनाउन नहुने धारणा राखे ।

उनले सरकारलाई पारदर्शी र जवाफदेही भएर काम गर्न पनि आग्रह गरे ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  ४ : ५० बजे

डेढ महिनापछि अन्नपूर्ण गाउँपालिकाका सबै बस्ती सडक सञ्जालमा जोडिए

म्याग्दी– मनसुनजन्य विपद्का कारण सडक सम्पर्क विच्छेद भएका म्याग्दीको अन्नपूर्ण

काठमाडौंविरुद्ध चितवनले टस जित्यो, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत सोमबारको दोस्रो खेलमा चितवन

सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको छ : मधु आचार्य

 काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले वर्तमान सरकार प्रतिशोध, क्रोध,

साम्राको शतकमा पोखराको शानदार जित, कर्णाली ६३ रनले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले शानदार

पोखराले तोड्यो हारको सिलसिला, ६३ रनले कर्णाली पराजित (तस्बिरहरु)

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले पहिलो जित