सूचना प्रविधि क्षेत्रको आइसिटी अवार्ड मंसिरमा हुने « Khabarhub

सूचना प्रविधि क्षेत्रको आइसिटी अवार्ड मंसिरमा हुने


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइसिटी अवार्ड–२०२० आगामी मङ्सिरमा हुने भएको छ । साउन महिनामा हुने अवार्ड कोभिड–१९ का कारणले मङ्सिर महिनामा गर्न लागिएको अवार्डका संयोजक राजन लम्सालले जानकारी दिए ।

लिभिङ विट आइसिटी पत्रिकाले प्रत्येक वर्ष सूचना प्रविधिका क्षेत्रमा काम गरिरहेका संस्था, व्यक्तिलाई सन् २०१६ देखि अवार्ड प्रदान गर्दै आइरहेको छ । अवार्डका लागि अहिले छनोट कार्यसमेत भइरहेको उनले बताए ।

सूचना प्रविधिका क्षेत्रमा विभिन्न १३ विधामा अवार्ड प्रदान गरिन्छ । अवार्डका लागि अनलाइन आवेदन खुला गरेर अहिले छनोट चरण अन्तिममा पुगेको उनले बताए ।

अवार्डका लागि करिब ३५० अनलाइन आवेदन फाराम भरेका थिए ।

स्टार्टअप आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड, उत्कृष्ट स्टार्टअप अवार्ड, पायोनियर, आन्टरप्रेनर, नेपाली डायस्पोरा, वमन आइकन, मिडिया पर्सन आइसिटी अवार्ड, डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल एजुकेशन आइसिटी आइसिटी अवार्ड प्रदान गरिन्छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  १ : ४६ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै