किमाथा‌ंकामा सशस्त्रको बीओपी भवनको शिलान्यास « Khabarhub

किमाथा‌ंकामा सशस्त्रको बीओपी भवनको शिलान्यास


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा- संखुवासभाको उत्तरी सीमा क्षेत्र किमाथांका नाकामा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट (बीओपी) भवन शिलान्यास भएको छ।

बधुबार किमाथांका नाकामा भवनको शिलान्यास संस्कृति, पर्यटन तथा नागरिक उड्ययमन्त्री योगेश भट्टराईले गरेका हुन्।

चीनसँग सीमा जोडिएको भोटखोला गाउँपालिका–१ किमाथांकामा ६ करोड ६८ लाख २६ हजार रुपैयाँ लागतमा भवन निर्माण गर्न लागिएको सशस्त्र प्रहरीका अरुण गुल्मपति डिएसपी विशाल सिलवालले बताए।

सीमा अतिक्रमण बढेपछि गृहमन्त्रालयको निर्देशनमा चीनको सीमावर्ती क्षेत्र किमाथांका नाकामा ९ महिनाअघि नै सीमा सुरक्षा पोस्ट स्थापना गरिएको थियो।

प्रहरी निरीक्षक लोकनाथ उप्रेतीको कमाण्डमा २८ जनाको टोली बसेको छ।

सीमाको निरीक्षणमा गृहसचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका प्रमुख महानिरीक्षक शैलेश थापा क्षत्री, प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद आचार्य, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएस्पी नवराज मल्ल सहितका स्तर सुरक्षा निकायका प्रमुखहरु किमाथांका पुगेका थिए।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ९ : १६ बजे

भोटेकोशी बाढी अपडेट: ४६९ शव भेटिए, १५ सय ४५ जनाको उद्धार

काठमाडाैँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित

नागरिक एक भए जुनसुकै चुनौती सामना गर्न सकिन्छ: गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले मुलुकमा आइपरेको विपत्‌को सामना गर्ने

लेदो पन्छाउन ढिलाइ हुँदा पृथ्वी राजमार्ग अझै अवरुद्ध

काठमाडौं– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको छ।

भोटेकोशी बाढी :  बाँकेका २७ जना सम्पर्कविहीन

राँझा– कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना

विपत्‌मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह

काठमाडौँ – मुलुकमा आइपरेको प्राकृतिक विपत्‌को घडीमा सङ्कलन भइरहेको राहत