सप्तरीका रघु बहरखेरको १३१ वर्षको उमेरमा निधन « Khabarhub

सप्तरीका रघु बहरखेरको १३१ वर्षको उमेरमा निधन


३० चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- १३१ वर्षका ज्येष्ठ नागरिक रघु बहरखेरको निधन भएको छ । जीवनकालको अधिकांश समय पशुपालनमै बिताएका नेपालकै ज्येष्ठ नागरिक बहरखेरको शुक्रबार निधन भएको हो । सप्तरीको तिरहुत गाउँपालिका–१ साविकको त्रिकौल गाविस धनपुरी निवासी रघु बहरखेरको निवासमा निधन भएको स्थानीयवासी मुकेश यादवले जानकारी दिए ।

स्वर्गीय बहरखेर नेपालमै करीब १० हजार बढी गाईबस्तु, अर्नालगायतलाई परिवारका सदस्यजस्तै बनाएर पाल्ने पहिलो व्यक्ति रहेको स्थानीयले बताएका छन् ।

उनले जीवनकालको अधिकांश समय कोशी टप्पुको जङ्गलमै गाईवस्तु, अर्ना पालेर बिताएको घोषिन उत्थान मञ्च नेपालका केन्द्रीय सदस्य सोभितलाल पघैया यादवले जानकारी दिए। मृतक बहरखेरको शनिबार कोशी ब्यारेजमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  १२ : ०९ बजे

करदाता पोर्टलको नयाँ संस्करण परीक्षणमा ल्याइयो

काठमाडौं– आन्तरिक राजश्व विभागले करदाताहरूलाई प्रदान गर्ने सेवालाई थप सहज,

जनैपूर्णिमामा कुम्भेश्वर बंगलामुखीमा मेला, व्यवस्थापन तयारी सुरु

काठमाडौं– आउँदो भाद्र १२ गते साउन शुक्ल पूर्णिमा अर्थात् जनैपुर्णिको

इरानसँग कारोबार गरेको आरोपमा चार भारतीय कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम तथा पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित रहेको

लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई जसपाको २४ घण्टे स्पष्टीकरण

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी

हेर्नुहोस्, नाडा अटो शोमा राखिएका चारपाङ्ग्रे विद्युतीय गाडी

काठमाडौं– नेपालकै ठूलो अटोमोबाइल मेला नाडा अटो शो–२०२६ मा विभिन्न