बागलुङ, पर्वत तथा म्याग्दीमा निःशुल्क कम्प्युटर तालीम « Khabarhub

बागलुङ, पर्वत तथा म्याग्दीमा निःशुल्क कम्प्युटर तालीम


३० चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बागलुङ, पर्वत तथा म्याग्दी तीन जिल्लामा एकै साथ २६५ घण्टे निःशुल्क कम्प्युटर हार्डवेयर तालीम शुक्रबारदेखि शुरु गरिएको छ । धवलागिरि बहिरा आवासीय माध्यामिक विद्यालय बागलुङको अयोजना तथा सिटीइभिटीको आर्थिक सहयोगमा बागलुङ, पर्वत तथा म्याग्दीमा तालीम सञ्चालन गरिएको हो ।

बढ्दो वैदेशिक रोजगारीलाई घटाएर युवालाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यका साथ कम्प्युटर हार्डवेयर प्राविधिक तालीम सञ्चालन गरिएको विद्यालयका प्रधानध्यापक रेशमबहादुर श्रीषले जानकारी दिए ।

हार्डवेयरमा सफ्टवेयर राखेर सञ्चालित हुने कम्प्युटरको खराबी, समाधानलगायत हार्डवेयरसम्बन्धी सम्पूर्ण प्रशिक्षण दिइने तालीमका प्रशिक्षक अनन्तविजय श्रेष्ठले बताए । बागलुङसहित पर्वत र म्याग्दीमा तालीम लिन चाहने प्रस्तावित निवेदनबाट छनोट गरी २०/२० जनालाई तालीम प्रदान गर्न थालिएको हो । तालीममा कम्प्युटरका मुख्य र सहायक पाटपुर्जा मर्मत तथा फेरवदल गर्नेलगायतको विषयमा सहजीकरण गरिने बताइएको छ ।

तालीममा एक विद्यार्थीवापत १८ हजार खर्च लाग्ने सिटीइभिटीले जनाएको छ । तालीममा सहभागी विद्यार्थीलाई दिनको ४० रुपैयाँ खाजा खर्चवापत भत्तासमेत उपलब्ध गराइनेछ । तालीमपछि कम्प्युटर मर्मत गरेरै स्वरोजगार बन्ने अपेक्षा राखेको सहभागी दुर्गाकुमारी शर्माले बताए।

बहिरा अपाङ्गता भएकालाई अध्यापन गराउँदै आएको यस विद्यालयले कक्षा १ देखि १० सम्म सामान्य शिक्षा र १० देखि १३ कक्षासम्म कम्प्युटर इञ्जिनीयरिङ विषयमा अध्यापन गराउँदै आएको छ । विद्यालयमा हाल २८० बहिरा अपाङ्गता भएका विद्यार्थीले अध्ययन गरिरहेको विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  १२ : ३० बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको