पीडित पत्रकारहरुको आन्दोलनमा विपक्षी बनाइँनु दुखद : नेपाल आज « Khabarhub

पीडित पत्रकारहरुको आन्दोलनमा विपक्षी बनाइँनु दुखद : नेपाल आज


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सञ्चार–गृहका पीडित पत्रकार/कर्मचारी संयुक्त संघर्ष समितिले सुरु गरेको आन्दोनलमा आफूलाई विपक्षी बनाइनु दुखद भएको नेपाल आज अनलाइन मिडियाले जनाएको छ ।

उसले आज एक विज्ञप्ति जारी गरेर पत्रकारहरुको आन्दोलनमा विदेशी घुसपैठ भएको आशंका गर्दै आफूलाई विपक्षी बनाइनु दुःखद भएको जनाएको हो ।

इस्लामिक राष्ट्र तथा अदृष्य विदेशी शक्तिको प्रभावमा परेर राष्ट्रहित विपरित र लोकतान्त्रिक व्यबस्था भएका मित्रराष्ट्रका विरुद्ध भ्रमपूर्ण समाचार लेखेको आशंकामा छानविनमा रहेका केही पत्रकार र कर्मचारी आन्दोलनमा देखिएपछि घुसपैठको आशंका वढेको विज्ञप्तिमा जनाइएको छ ।

नेपाल आज प्रालिको अनलाईन पोर्टल ‘नेपाल आज’ बाट पीडित भनिएका केहि पत्रकार र कर्मचारी माथि राष्ट्रहित विपरितका काममा सम्पादकीय स्वतन्त्रताको दुरुपयोग र पत्रकार आचार संहिता विपरितका काम गरेको आशंका गरिएको छ ।

नेपाल आज प्रालिले जारी गरेको विज्ञप्तिमा नेपाल आजबाट पीडित भनिएका केहि कर्मचारीहरु इस्लामिक राष्ट्र तथा अदृष्य विदेशी शक्तिको प्रभावमा परेर राष्ट्रहित विपरित र लोकतान्त्रिक व्यवस्था भएका मित्रराष्ट्रकाविरुद्ध काम गरिरहेको आशंका ब्यक्त गरिएको छ ।

‘त्यो विषय यस संस्थाको आन्तरिक सामाजिक परीक्षणको प्रक्रियामा थियो’ विज्ञप्तिमा भनिएको छ–‘नेपालमै पनि स्वदेशी तानाशाही र डेट एक्स्पायर पुनरातनवादी शक्तिका एजेण्टका समाचारलाई अतिसयोक्तिपूर्ण तरिकाले प्रस्तुत गर्ने र नेपालको राष्ट्रियता, अखण्डता र लोकतान्त्रीक मूल्यमान्यता विरुद्ध काम गरेको विषय अझै पनि छानविनकै क्रममा छ ।’

सरकारी कर्मचारी तथा विशिष्ठ ब्यक्तिहरुको अन्तरबार्ता लिने क्रममा रकम माग्ने गरेको विषय उनीहरुविरुद्ध उजुरी नै परेको जानकारी दिदै विज्ञप्तिमा भनिएको छ– ‘यि सवै विषय छानविनको क्रममा रहेकै बेला उनीहरु एकतर्फी रुपमा सम्पर्क बिहीन भएका हुन् ।’

उसले पीडित भनिएका कर्मचारी/पत्रकारको दावी दुरासय युक्त रहेको र त्यसमा कुनै सत्यता नरहेको दाबी गरेको छ ।

नेपाल आजद्वारा जारी विज्ञप्ति यस्तो छ-

 

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  ६ : १८ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले