‘बोक्सी’को आरोपमा महिलामाथि कुटपिट गर्ने फरार अभियुक्त पक्राउ « Khabarhub

‘बोक्सी’को आरोपमा महिलामाथि कुटपिट गर्ने फरार अभियुक्त पक्राउ


२२ आश्विन २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान- ‘बोक्सी’को आरोपमा महिलामाथि निर्घात कुटपिट गरेको आरोपमा फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहाको नवराज गाउँपालिका–५ का २० वर्षीय सन्तोष यादव रहेको प्रहरीले जनाएको छ ।

नेपाल–भारत सीमा क्षेत्रनजिक सिरहाको ठाडीमा लुकीछिपी बसिरहेको अवस्थामा यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम पौडेलले जानकारी दिए ।

गत भदौ २७ गते नवराजपुर गाउँपालिका–५ का मूर्तिदेवी यादवलाई राति ११ बजे घरबाट बोलाएर बोक्सीको आरोपमा आठ जनाको समूहले कुटपिट गरेका थिए ।

पीडित महिलाका पति रामनारायण यादवले स्थानीयवासी कृष्ण यादव, धर्मनाथ यादव र सन्तोष यादवलगायत आठ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

किटानी जाहेरीपछि प्रहरीले बोक्सी कसुरअन्तर्गत मुद्दा दायर गरी घटनामा संलग्नहरुको खोजी गर्ने क्रममा यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  १० : ०१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया