२४ घण्टामा विश्वभर ३ लाख ४८ हजारभन्दा बढीमा संक्रमण « Khabarhub

२४ घण्टामा विश्वभर ३ लाख ४८ हजारभन्दा बढीमा संक्रमण


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ४८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

३ लाख ४८ हजार ६३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमितको संख्या ३ करोड ६७ लाख ३८ हजार ६८९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वमा थप ६ हजार ४२४ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या १० लाख ६६ हजार ४१२ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म ८० लाख ३२ हजार २४६ जनामा सक्रिय संक्रमण छ । जसमध्ये ६७ हजार ८२० को अवस्था गम्भीर छ ।

अहिलेसम्म २ करोड ७६ लाख ४० हजार ३१ जनाले कोरोनालाई जितेका छन् । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ७८ लाख नाघेको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ६९ लाख नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५० लाख नाघेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

युरोपियन मुलुकमा ५७ लाखभन्दा बढी संक्रमित भएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ७ : २९ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात