२४ घण्टामा विश्वभर ३ लाख ४८ हजारभन्दा बढीमा संक्रमण « Khabarhub

२४ घण्टामा विश्वभर ३ लाख ४८ हजारभन्दा बढीमा संक्रमण


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ४८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

३ लाख ४८ हजार ६३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमितको संख्या ३ करोड ६७ लाख ३८ हजार ६८९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वमा थप ६ हजार ४२४ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या १० लाख ६६ हजार ४१२ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म ८० लाख ३२ हजार २४६ जनामा सक्रिय संक्रमण छ । जसमध्ये ६७ हजार ८२० को अवस्था गम्भीर छ ।

अहिलेसम्म २ करोड ७६ लाख ४० हजार ३१ जनाले कोरोनालाई जितेका छन् । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ७८ लाख नाघेको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ६९ लाख नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५० लाख नाघेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

युरोपियन मुलुकमा ५७ लाखभन्दा बढी संक्रमित भएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ७ : २९ बजे

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध