नोबेल मेडिकल कलेज विराटनगरमा दुई संक्रमितको मृत्यु « Khabarhub

नोबेल मेडिकल कलेज विराटनगरमा दुई संक्रमितको मृत्यु


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु एक जना मोरङकै रंगेलीका छन् भने एक जना सुनसरीको धरानका हुन् ।

संक्रमित दुबै पुरूषको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिए ।

दाहालका अनुसार मोरङको रंगेली नगरपालिका– ४ का ७२ वर्षीय संक्रमित वृद्धको बिहीबार राति साढे ९ बजे मृत्यु भएको हो । बुधबार बिहान अस्पताल ल्याइएका वृद्धको आइसोलेसनमा उपचार भइरहेको थियो ।

श्वासप्रश्वासमा समस्या भएको भन्दै गम्भीर अवस्थामा ल्याइएका वृद्धलाई आईसीयूमा भर्ना गरेर गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो ।

यस्तै सुनसरीको धरान उपमहानगरपालिका–१२ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान ७ बजेतिर मृत्यु भएको उनले जानकारी दिए ।

श्वासप्रश्वासनमा समस्या भएका तथा फोक्सोमा संक्रमण देखिएका ती पुरुषलाई असोज १७ गते उपचारका लागि भर्ना गरिएको थियो ।

सोही दिन कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई १८ गते बिहान आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको दाहालले बताए ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ९ : ५९ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वत – पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको

बालेन सरकारका सामुन्ने आर्थिक चुनौतीको चाङ, सम्भावना र अवसर पनि उत्तिकै

काठमाडौं– केही दिनभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बालेन्द्र

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर– भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासि दुई