मुद्दा मिलाउने भन्दै रकम असुल्नेलाई ३ वर्ष कैद « Khabarhub

मुद्दा मिलाउने भन्दै रकम असुल्नेलाई ३ वर्ष कैद


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

चितवन– लागूऔषध मुद्धा मिलाइदिने भन्दै रकम असुल गर्ने दुईजना विचौलियालाई जिल्ला अदालत चितवनले ३ वर्ष कैद सजाय र ३० हजार जरिवानाको फैसला गरेको छ ।

न्यायाधीश हेमन्त रावलको इजलाशले सागर क्षेत्री र मानबहादुर श्रेष्ठलाई जनही तीन/तीन बर्ष कैद र ३० हजार जरिवानासहित ठगी गरेको रकम जाहेरवालाई फिर्ता दिलाउने फैसला गरेको हो ।

लागूऔषधसहित पक्राउ परेका सन्तोष सिकारीलाई प्रहरीको एसपीलाई भनेर छुटाईदिन्छु भन्दै दुईजना बिचौलियाहरुले सिकारीको श्रीमती ज्योति सिकारीबाट ६ लाख नगद र १० तोला सुन लिएर ठगी गरेको आरोपमा मुद्दा दायर भएको थियो ।

प्रहरीले १० ग्राम ३ सय ६० मिलिग्राम लागूऔषधसहित सन्तोष सिकारी, अनिल चौधरी, मनोजकुमार श्रेष्ठ र मीनबहादुर महतोविरुद्ध मुद्दा दायर गरेको थियो । न्यायाधीश रावलको इजलाशले उनीहरु सबैलाई जनही ६ बर्ष कैद र १५ हजार रुपैयाँ जरिबाना ठहर गरेको छ ।

फैसलामा प्रहरीको नाम बेचेर गलत काम गर्नेलाई गरिएको यस्तो सजायले मुद्दाका बिचौलियालाई निरुत्साहित गर्ने अपेक्षा राखिएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ५ : ११ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया