मुद्दा मिलाउने भन्दै रकम असुल्नेलाई ३ वर्ष कैद « Khabarhub

मुद्दा मिलाउने भन्दै रकम असुल्नेलाई ३ वर्ष कैद


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

चितवन– लागूऔषध मुद्धा मिलाइदिने भन्दै रकम असुल गर्ने दुईजना विचौलियालाई जिल्ला अदालत चितवनले ३ वर्ष कैद सजाय र ३० हजार जरिवानाको फैसला गरेको छ ।

न्यायाधीश हेमन्त रावलको इजलाशले सागर क्षेत्री र मानबहादुर श्रेष्ठलाई जनही तीन/तीन बर्ष कैद र ३० हजार जरिवानासहित ठगी गरेको रकम जाहेरवालाई फिर्ता दिलाउने फैसला गरेको हो ।

लागूऔषधसहित पक्राउ परेका सन्तोष सिकारीलाई प्रहरीको एसपीलाई भनेर छुटाईदिन्छु भन्दै दुईजना बिचौलियाहरुले सिकारीको श्रीमती ज्योति सिकारीबाट ६ लाख नगद र १० तोला सुन लिएर ठगी गरेको आरोपमा मुद्दा दायर भएको थियो ।

प्रहरीले १० ग्राम ३ सय ६० मिलिग्राम लागूऔषधसहित सन्तोष सिकारी, अनिल चौधरी, मनोजकुमार श्रेष्ठ र मीनबहादुर महतोविरुद्ध मुद्दा दायर गरेको थियो । न्यायाधीश रावलको इजलाशले उनीहरु सबैलाई जनही ६ बर्ष कैद र १५ हजार रुपैयाँ जरिबाना ठहर गरेको छ ।

फैसलामा प्रहरीको नाम बेचेर गलत काम गर्नेलाई गरिएको यस्तो सजायले मुद्दाका बिचौलियालाई निरुत्साहित गर्ने अपेक्षा राखिएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ५ : ११ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु