कोरोना रोकथामका लागि काठमाडौं महानगरद्वारा ८ करोड ७४ लाख खर्च « Khabarhub

कोरोना रोकथामका लागि काठमाडौं महानगरद्वारा ८ करोड ७४ लाख खर्च


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले कारोना भाइरस नियन्त्रण तथा रोकथामका लागि हालसम्म ८ करोड ७४ लाख ३९ हजार खर्च भएको तथ्यांक सार्वजनिक गरेको छ ।

महानगरले चैत्र ११ गतेदेखि हालसम्म खाना तथा राहत वितरण, एम्बुलेन्स सेवा भुक्तानी, डिसइन्फेक्सन औषधी छर्कने, जनप्रतिनिधि तथा कर्मचारीको कोरोना बिमा लगायतका शीर्षकमा सो रकम खर्च गरेको जनाएको छ ।

महानगरको चैत्र ६ मा बसेको कार्यपालिका बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि १० करोड बजेट विनियोजन गरेको थियो ।

उक्त बजेटबाट हालसम्म ८ करोड ७४ लाख ३९ हजार खर्च भएको काठमाडौं महानगरका सूचना अधिकारी नवराज ढकालले जानकारी दिए ।

उनकाअनुसार वडा कार्यालयबाट राहत तथा खाद्यन्न वितरणका लागि ५७ लाख १० हजार, विभिन्न संघसंस्थालाई केन्द्रबाट राहत सामान वितरणमा २४ लाख ८७ हजार रुपैयाँ खर्च भएको छ ।

महानगर क्षेत्रभित्र औषधी छर्कन १९ लाख ९४ हजार ७ सय, एम्बुलेन्स सेवा भुक्तानी ८ लाख ३७ हजार ५ सय, प्रसारणमा २२ लाख २ हजार ७ सय खर्च भएको छ ।

त्यसैगरी कोभिड रोकथाम तथा नियन्त्रण सामग्री खरिद (केन्द्रीय स्तर) १ करोड २४ लाख ९ सय, वडा स्तर ५९ लाख ८७ हजार ६ सय, धुनिबेंसी, ककनी, तारकेश्वर नगरपालिकालाई राहत वितरण अनुदानमा ३३ लाख खर्च भएको महानगरले जनाएको छ ।

यस्तै, महानगरका कर्मचारी तथा जनप्रतिनिधिका निम्ति कोरोना बिमाका लागि ११ लाख ८९ हजार २ सय रुपैयाँ खर्च भएको छ ।

यस्तो छ खर्चको विवरण

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ५ : ५७ बजे

आइसल्यान्डविरुद्ध अर्जेन्टिना सजिलै विजयी, मेस्सीले पनि गरे गोल

काठमाडौं- विश्वकपको अन्तिम तयारीमा रहेको अर्जेन्टिनाले आइसल्यान्डलाई ३–० अन्तरमा सजिलै

२५ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका

क्यान्सरको उपचारमा प्रयोग हुने औषधी पाइने आपूर्तिकर्ताको सूची सार्वजनिक 

काठमाडौं– औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने केही महत्त्वपूर्ण

जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

इटहरी– एमएडब्यू अर्थमुभर्स प्रालिअन्तर्गत रहेको जेसीबी नेपालले इटहरीमा जेसीबी ग्राहक सम्मान

राप्ती गाउँपालिका कार्यालयमा ‘एयर पोलुशन स्टेशन’ स्थापना

दाङ– राप्ती गाउँपालिकाको कार्यालय परिसरमा ‘एयर पोलुसन स्टेशन’ राखिएपछि प्रदूषणको