मुलुकको समृद्धिका लागि जनप्रतिनिधि जिम्मेवार बन्नुपर्छ : मन्त्री पोखरेल | Khabarhub Khabarhub

मुलुकको समृद्धिका लागि जनप्रतिनिधि जिम्मेवार बन्नुपर्छ : मन्त्री पोखरेल


३० चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा– उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नागरिकको विकासको भोक सरकारले मेटाउने बताएका छन् ।

प्रथम ओखलढुङ्गा महोत्सवको आज उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले निर्वाचनका बेला जनताका बीचमा गरिएका, घोषणापत्रमा उल्लेख गरिएका र सरकार बनिसकेपछि व्यक्त गरिएका प्रतिबद्धता पूरा गर्न सङ्घीय सरकार लागिपरेको बताए । देशमा नेपाल कम्युनिष्ट पार्टीको सरकार गठन मात्रै नभएर प्रणाली नै फेरिएको उनले बताए ।

“मुलुकमा नेकपाको बहुमत प्राप्त सरकार मात्रै बनेको होइन, विगतको प्रणाली नै परिवर्तन भएको छ । सरकार चुनावका बेला गरिएका प्रतिबद्धता मात्रै होइन नागरिकका सबैजसो चाहना पूरा गरेरै छाड्छ । यो हाम्रो सङ्कल्प हो । अठोट हो”, उनले भने ।

उनले मुलुकको समृद्धिका लागि जनप्रतिनिधि जिम्मेवार बन्नुपर्ने बताए । आफ्नो प्रतिबद्धताबाट सरकार पछि नहट्ने दाबी गर्दै उपप्रधानमन्त्री पोखरेलले तीनवटै तहका जनप्रतिनिधि विकासप्रति चिन्तित हुनुपर्ने बताए ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  ९ : १० बजे

राष्ट्रियसभाबाट पानी जहाज विधेयक पारित गरिँदै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे संसद

हमास नेता सिनवरको शव पहिचान भएको इजरायको दाबी

काठमाडौं – इजरायली सेनाले गाजामा हमासका प्रमुख याया सिनवरको शव

बुइपामा १ सय १० फिट अग्लो यलम्बरको प्रतिमा निर्माण

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १४ बुइपामा किरातकालीन प्रथम

पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला

पाल्पा- रम्भा गाउँपालिका– २ फोक्सिङकोट र  वडा नम्बर ३ रिमिघा