प्रशासनिक केन्द्रको विवादमा अल्झियो गण्डकी | Khabarhub Khabarhub

प्रशासनिक केन्द्रको विवादमा अल्झियो गण्डकी



पोखरा– प्रदेश ५ को स्थायी राजधानी बनाउने बारेमा केही दिनअघि प्रदेशसभा बैठकमा घम्साघम्सी भयो । क्षेत्रगत विवादले चर्किएको द्वन्द्व मतविभाजनबाट टुंगो लगाइयो ।

प्रदेशको राजधानीका बारेमा बुटवलमा विवाद भएजस्तै कतिपय पालिकाहरुमा प्रशासनिक केन्द्रको विवाद कायमै छ । नागरिकलाई पायक पर्ने ठाउँमा प्रशासनिक केन्द्र बनाउनेभन्दा पनि आफ्नो राजनीतिक स्वार्थका कारण लिइने अडानले कैयौं पालिकाहरु यस्ता विवादमा अल्झिएका छन् ।

गोरखाको गण्डकी गाउँपालिकाको अस्थायी प्रशासनिक केन्द्र वडा नम्बर ६ स्थित भुम्लिचोकमा छ । तर स्थायी केन्द्र भुम्लिचोक हुन नसक्ने अडान दुई ठूला दलको छ । दुई दलको यहि रस्साकस्सीले गाउँसभा तीन महिनासम्म हुन सकेन ।

नेपाली कांग्रेस र नेकपाबीचको द्वन्द्वले गाउँसभा र बजेट अधिवेशन हुन नसक्दा विकास निर्माण र सामाजिक कामसमेत ठप्प भए ।

विवादकाबीच गत बुधबार गाउँसभा सम्पन्न त गरियो तर गाउँसभाले पहिलेदेखिको विवाद भने हल गर्न सकेन ।
नेपाली कांग्रेसले गाउँपालिकाको केन्द्र वडा नम्बर ६ को ओखलडाँडा हुनुपर्ने र नेकपाले बनटार हुनुपर्ने अडान राख्दै आएको छ ।

मतदानबाटै टुंगो लगाउने भन्दै गत बुधबार गाउँसभामा नेकपाले राखेको प्रस्तावमा दुई तिहाई बहुमत पुग्न सकेन ।
४४ सदस्य रहेको कार्यपालिकाको गण्डकी गाउँपालिकामा नेकपाका २५ सदस्य छन् भने कांग्रेसको १९ सदस्य छन् ।

गाउँसभामा नेकपाकै चार सदस्यले आफ्नै पार्टीको प्रस्तावको विपक्षमा मतदान गरे । प्रस्तावको पक्षमा २१ मत र विपक्षमा २२ मत पर्यो ।

प्रशाशनिक केन्द्र तोक्न कार्यकालिका सदस्यको दुई तिहाइ मत आवश्यक पर्छ ।

दुबै पार्टीको दुई तिहाइ मत नपुगेपछि डा.बाबुराम भट्टराई पक्षको जनता समाजवादी पार्टीले वडा नम्बर ८ को सिउरेनीटारलाई केन्द्र बनाउनुपर्ने प्रस्ताव अघि सारेको छ ।

गाउँपालिका अध्यक्ष होमबहादुर रानामगरले गाउँसभाबाट विवाद टुंगिसकेको दाबी गरे । उनले पुरानै अस्थायी केन्द्र रहेको ठाउँलाई नै केन्द्र मानिने निर्णय भइसकेको बताए ।

गाउँपालिका अध्यक्ष रानामगरले विवाद टुंगिएको बताए पनि गाउँपालिकामै बहुमत सदस्य रहेका नेकपा पक्षधर त्यसलाई मान्न तयार छैनन् । नेकपाले गाउँसभा बैठकमै ‘नोट अफ डिसेन्ट’ लेखेको जनाएको छ ।

नेकपाका तर्फबाट निर्वाचित प्रतिनिधि जीवन गुरुङले आफूहरुले राखेको प्रस्तावमा दुई तिहाई बहुमत नपुगेपछि विवाद सुल्झिन नसकेको उल्लेख गरे ।

दुवै पक्षको प्रस्तावमा दुई तिहाई बहुमत नभएपछि तेस्रो विकल्पमा छलफल गर्न आफूहरु तयार रहेको नेकपाका गण्डकी प्रदेश सदस्य तथा जिल्ला कार्यालय सदस्य दीपक तिमिल्सिनाले बताए ।

दुवै पक्षको अडानमा दुई तिहाइ नपुग्ने भएपछि सहमतिका आधारमा अघि बढ्नुको विकल्प नभएको तिमिल्सिनाको भनाइ छ ।

‘सुगमताका आधारमा र सबैलाई पायक पर्ने ठाउँमा केन्द्र बनाउन तयार छौं । हामी खुल्ला रुपमा छलफल गर्न तयार छौं,’ तिमिल्सिनाले भने ।

गाउँपालिकाको प्रशासनिक केन्द्र ओखलडाँडाको विकल्प बनटार हुन नसक्ने भन्दै अबको विकल्प स्वरुप सुगमता, समदुरीता सबै दृष्टिकोणले गण्डकी गाउँपालिका ८ सिउरेनीटारमा रहनुपर्छ भन्ने विषयमा जनताको समेत समर्थन रहेको समाजवादी पाटी गण्डकी गाउँपालिकाका अध्यक्ष यमदत्त दुवाडी बताउँछन् ।

स्रोतकाअनुसार यसअघि नेकपा र नेपाली कांग्रेसको जिल्ला नेतृत्वबीच गण्डकी गाउँपालिकाको केन्द्र नेकपाले भनेको ठाउँमा र सिरानचोक गाउँपालिकाको केन्द्र कांग्रेसको प्रस्तावमा सहमति जनाउने समझदारी गरेका थिए । सोहीअनुसार सिरानचोक गाउँपालिकाको प्रशासनिक केन्द्रको टुंगो लागेको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ११ : ३७ बजे

भारतको एक पटाका कारखानामा विष्फोट हुँदा चार जनाको मृत्यु

काठमाडौं– भारतको उत्तर प्रदेशमा पर्ने अमरोहामा एक पटाका कारखानामा विष्फोट

इजरायलबाट नेपालीलाई फर्काउने कि सरकार ?

काठमाडौं– नेपाली समाजमा एउटा आहान छ– इयाली बियाँली दिन गुमाई,

निराशा होइन, आशाको सञ्चार जरुरी छ : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले निराशाभन्दा आशाको

विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

धनुषा– हंसपुर नगरपालिका-६ सोनीगामा बस्ने ६० वर्षीय प्रदिप मण्डलको करेन्ट लागेर मृत्यु

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सुर्खेत– १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा वीरेन्द्रनगर नगरपालिका-१५ रतुगाउँ बस्ने