२४ घण्टामा काठमाडौं उपत्यकामा थपिए २,६७२ कोरोना संक्रमित « Khabarhub

२४ घण्टामा काठमाडौं उपत्यकामा थपिए २,६७२ कोरोना संक्रमित


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २,६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २१००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ गरी जम्मा २,६७२ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र कोरोनाले काठमाडौंमा १ महिला र २ जना पुरुष, ललितपुरका २ पुरुष र भक्तपुरका एक पुरुष गरी ६ जनाको  मृत्यु भएको छ ।

यसअघि शुक्रबार (हिजो) काठमाडौंमा १,११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ गरी जम्मा १,४०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ४ : २३ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु