आन्दोलनरत सरकारी डाक्टर र सरकारबीच सहमति, आइतवारदेखि अस्पताल खुल्ने « Khabarhub

आन्दोलनरत सरकारी डाक्टर र सरकारबीच सहमति, आइतवारदेखि अस्पताल खुल्ने


३० चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  कर्मचारी समायोजनको विषयलाई लिएर गत शुक्रबारदेखि आन्दोलनरत सरकारी चिकित्सकसँग सरकारले वार्ता गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार साँझ भएको वार्तामा सरकारले सरकारी चिकित्सक लाई १५ दिनसम्ममा समस्या समाधान गर्ने प्रतिवद्दता जनाएको छ ।

सरकारले समस्या समाधान का लागि १६ दिनको समय मागेकाले १५ दिनसम्मका लागि सरकारी अस्पताल बन्दको कार्यक्रम स्थगन गरिएको सरकारी चिकित्सक संघ गोदानका अध्यक्ष दिपेन्द्र पाण्डेले खबरहबलाइ बताए । उनले भने, आज ससरकारले हाम्रो माग पूरा गर्न १५दिनको समय मागेको छ, त्यसैले हामीले भोलिदेखि १५ दिनसम्म अस्पतालको अाकस्मिक सेवा खुलाउने विषयमा सहमत भयौं । योसंगै भोलिदेखि देशभरका सरकारी अस्पताल सबै सेवा खुल्ने भएको छ ।

कर्मचारी समायोजनमा चिकित्सकको दरवन्दी संघ अन्तर्गत हुनुपर्ने माग राख्दै सरकारी चिकित्सकले गत शुक्रबारदेखि देशभरका सरकारी अस्पतालको अाकस्मिक बाहेकको सेवा ठप्प पारेका थिए ।

चिकित्सकको अान्दोलनका कारण लाखौं बिरामी उपचार सेवा पाउन बाट वञ्चित भएपछि स्वास्थ्य मन्त्रालयले अान्दोलनरत चिकित्सकसँग वार्ता गरेको हो ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  ९ : ५० बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ