डा. केसीको स्वास्थ्य अवस्था गम्भीर, चिकित्सकद्वारा जीवनरक्षाको अपिल « Khabarhub

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर, चिकित्सकद्वारा जीवनरक्षाको अपिल


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- २७ दिनदेखि अनसनरत प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएको भन्दै ९ जना चिकित्सकले जीवनरक्षाको माग गरेका छन्।

९ जना चिकित्सकले शनिबार सरकारसँग डा. केसीको जीवन रक्षाका लागि अपिल गरेका हुन्।

‘उहाँको स्वास्थ्य अवस्था चिकित्सकीय दृष्टीकोणले अत्यन्तै गम्भीर मोडमा पुगेको र कुनै पनि समय दुर्घटना निम्तिन सक्ने विषम पूर्ण परिस्थितिलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिन र सम्माननीय प्रधानमन्त्रीज्यूले सकारात्मक दृष्टिकोण राखी यथासक्य निचोडमा पुर्‍याउने वातावरण तयार गर्न तपसिलका चिकित्सकहरु हार्दिक अपिल गर्दछौं’, अपिलमा भनिएको छ, ‘हाल भइरहेको वार्तालाई जिम्मेवार, प्रभावकारी र ठोस निर्णयमा पुर्‍याउनका निमित्त अपनाउनुपर्ने संवेदनशीलतालाई सूक्ष्म रुपमा मनन गरेर डाक्टर केसीको जीवन रक्षा गर्ने प्रमुख दायित्वप्रति वार्ता समूह गम्भीर हुन हामी गर्दछौं।

९ जना चिकित्सकको तर्फबाट जारी भएको अपिलमा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डाक्टर केदारनरसिंह केसीले हस्ताक्षर गरेका छन्।

यो अपिल नेपाल मेडिकल काउन्सिलका अध्यक्ष भगवान कोइराला, पूर्वस्वास्थ्य राज्यमन्त्री भरत प्रधान, पूर्वराजदूत रहेका डाक्टर महेश मास्के, चिकित्सक संघका पूर्वअध्यक्ष डाक्टर अञ्जनीकुमार झा, डाक्टर मुक्तिराम श्रेष्ठ, डा. सरोज धिताल, डाक्टर चोपलाल भुषाल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकूलपति डाक्टर अर्जुन कार्कीले जारी गरेका हुन्।

डा. केसीको यो १९ औं अनशन हो। शनिबार उनी अनशन बसेको २७ दिन पुगेको छ।

यस्तो छ अपिल-

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ७ : ५० बजे

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा

आइसल्यान्डविरुद्ध अर्जेन्टिना सजिलै विजयी, मेस्सीले पनि गरे गोल

काठमाडौं- विश्वकपको अन्तिम तयारीमा रहेको अर्जेन्टिनाले आइसल्यान्डलाई ३–० अन्तरमा सजिलै

२५ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका