अमेरिकासम्म मार हान्न सक्ने दाबी गरिएको उत्तर कोरियाली क्षेप्यास्त्र सार्वजनिक | Khabarhub Khabarhub

अमेरिकासम्म मार हान्न सक्ने दाबी गरिएको उत्तर कोरियाली क्षेप्यास्त्र सार्वजनिक


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकासम्म मार हान्न सक्ने दाबी गरिएको ‘आइसीबीएम’ नामको क्षेप्यास्त्र उत्तर कोरियाले सार्वजनिक गरेको छ ।

शनिबार उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीको ७५औं वार्षिकोत्सवको अवसरमा विशाल सैन्य परेड निकालिदा सार्वजनिक भएको ‘आइसीबीएम’ नामक क्षेप्यास्त्रले अमेरिकासम्म मार हान्न सक्ने ब्लुमबर्गले जनाएको छ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उत्तर कोरियाका शासक किम जोङ उनले शत्रुको सम्भावित खतराबाट जोगिन युद्ध क्षमताको सुदृढीकरण गरेको बताए ।

‘दुश्मनले आणविक खतराका साथै विभिन्न चुनौती थपेका छन्, हामी हाम्रो युद्ध क्षमताको सुदृढीकरण जारी राख्नेछौं, ताकि सबै प्रकारका जोखिमपूर्ण प्रयासहरू र खतराहरूलाई रोक्न सकौं।’

उत्तर कोरियाले आफूले सन् २०१८ को क्षेप्यास्त्र निशस्त्रीकरणको सम्झौतालाई पालना गरे पनि अमेरिकाले सर्त पूरा नगरेको आरोप लगाउँदै आएको छ।

सन् २०१८ र सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासक उनबीच दुई पटक शिखर वार्ता भएको थियो। ती वार्तामा कोरियाली प्रायदिपलाई आणविक हतियार मुक्त बनाउने समझदारी भए पनि पालना हुन सकेको छैन ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ६ : ४८ बजे

आज २०८२ साल वैशाख २३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल वैशाख २३ गते मंगलबार। वैशाख

२५ वर्षमा बाल मृत्युदरमा ७८ प्रतिशतले कमी

काठमाडौं – सरकारले २५ वर्षमा बाल मृत्युदरमा ७८ प्रतिशतले कमी

कञ्चनपुरमा रेबिजविरुद्धको खोप अभाव

कञ्चनपुर – कञ्चनपुर महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप (एआरभी)अभाव

गाजामा भएको इजरायली आक्रमणमा २९ जनाको मृत्यु

गाजा – गाजा क्षेत्रमा सोमबार इजरायलद्वारा गरिएका हवाई आक्रमणहरूमा कम्तीमा

स्टार्टअप कर्जाका लागि ६६१ परियोजना छनोट

काठमाडौं – यस आर्थिक वर्षमा युवाहरुले सञ्चालन गरेका ६६१ परियोजना