कोरोना समुदायमा फैलदै गएपछि पठनपाठन स्थगित | Khabarhub Khabarhub

कोरोना समुदायमा फैलदै गएपछि पठनपाठन स्थगित


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्यूठान- प्यूठानको नौबहिनी गाउँपालिकाले शिक्षण सिकाइका क्रियाकलाप स्थगन गरेको छ ।

समुदायमा कारोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि नौबहिनीका विद्यालयका पठनपाठन कार्य स्थगन गरिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले विद्यार्थीको पुहँचको आधारमा वर्गीकरण गरी पठनपाठनको विकल्पहरु प्रदान गरेको छ ।

कुनै पनि वैकल्पिक शिक्षण सिकाइ माध्यमको पहुँचको अभावमा रहेका विद्यार्थीलाई विद्यालयमै पठनपाठन गरिरहेको भए पनि कोरोनाको जोमिख बढ्दै गएपछि पठनपाठन क्रियाकलाप स्थगन गरिएको पालिकाले जनाएको छ ।

विद्यालयमा शिक्षण सिकाइका अभ्यास भइरहेको अवस्थामा गाउँपालिकास्तरमा कोरोना सङ्क्रमण फैलिएपछि नौबहिनी गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले आजदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि जोखिम न्यूनीकरणका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको नौबहिनी गाउँपालिकाका अध्यक्ष शिव रिजालले जानकारी दिए ।

नौबहिनी गाउँपालिकामा १५ सक्रिय कोरोना सङ्क्रमित रहेका छन् । उहाँका अनुसार सङ्क्रमितहरु यसअघि समुदायमा घुलमिल भएका व्यक्ति रहेकाले अवस्था जोखिम रहेको छ ।

जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको अनुमति र निर्णयबिना धमाधम विद्यालयले पठनपाठन शुरु गरेका थिए ।

सरकारले वैकल्पिक शिक्षाबाट शिक्षण गराउन अनलाइन, रेडियो, टेलिभिजन, भिडियो, अडियो, नोट आदिबाट गराउन सकिने भनिए पनि प्रविधिमा विद्यार्थीको पहुँच कमी हुने भएका कारण नौबहिनीमा असोज १ गतेदेखि विद्यालयमै पठनपाठन शुरु गरिएको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ८ : ०४ बजे

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न

एकमहिने गुँला पर्व सम्पन्न

भक्तपुर – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध

साफ यु–१७ च्याम्पियनसिप : नेपाल बङ्गलादेशसँ पराजित

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा

हर्सोल्लासका साथ मनाइयो ‘अटवारी’

कैलाली – कैलालीका थारू बाहुल्य गाउँ तथा बस्तीमा आज हर्सोल्लासका

उत्तरकाशी पहिरोमा बेपत्ता तीन जनाको कुशको शव बनाई अन्त्येष्टि

सुदूरपश्चिम – भारतको उत्तरकाशी क्षेत्रको धारलालगायत गाउँमा वर्षापछि गएको पहिरोमा