रूपन्देहीका चारसहित थप १० संक्रमितको मृत्यु | Khabarhub Khabarhub

रूपन्देहीका चारसहित थप १० संक्रमितको मृत्यु


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीका चारसहित थप १० संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रूपन्देहीका ४, सुनसरीका र बाँकेका २/२ तथा चितवन र काभ्रेमा एक/एक जना छन् ।

बुटवल–११ का ८४ वर्षीय संक्रमित वृद्धको अस्पताल लैजादै गर्दा मृत्यु भएको छ । बुटवलमा आईसीयू बेड नभएपछि जिल्ला बाहिरका अस्पताल लैजाने क्रममा कपिलवस्तुको धानखोलामा मृत्यु भएको कोरोना विशेष अस्पताल वुटवलका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए ।

यस्तै बुटवल ११ की ६१ वर्षीया वृद्धाको उपचारको क्रममा कोरोना विशेष अस्पताल बुटवलमा आइतबार बिहान २ बजे मृत्यु भएको छ ।असोज २१ गतेदेखि आईसीयूमा राखेर उपचाररत उनमा श्वासप्रश्वासको समस्या ठीन नहुँदा मृत्यु भएको डा. गौतमले बताए ।

बुटवल–१ का ७० वर्षीय वृद्धको पनि शनिबार राति १० बजे कोरोना विशेष अस्पताल वुटवलमै मृत्यु भएको छ ।

असोज २२ गते कोरोना संक्रमण पुष्टि भएका उनी शनिबार नै अस्पताल भर्ना भएका थिए । उनलाई निमोनिया भएको डा. गौतमले बताए ।

यस्तै तिलोत्तमा नगरपालिका–३ का ६६ वर्षीया वृद्धाको पनि कोरोनाले मृत्यु भएको छ ।  उनको शनिबार दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पताल मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

मोरङमा दुईको मृत्यु

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका व्यवस्थापक नारायण दाहालका अनुसार मृतक दुबै सुनसरीका हुन् । शनिबार राति हरिनगर गाँउपालिका ४ का ७१ वर्षीय वृद्ध र दुहबी ३ की ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको दाहालले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या देखिएसँगै असोज २१ गते ७१ वर्षीय वृद्धलाई अस्पतालमा भर्ना गरिएको थियो । उनमा कोरोना परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो ।

फोक्सो सम्बन्धी समस्या भएका उनको शनिबार राति १०:१५ बजे मृत्यु भएको उनले बताए ।

यस्तै सुनसरीको दुहबी ३ की महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ । असोज २० गते अस्पतालमा भर्ना भएकी उनको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनको शनिबार राति ११ बजे मृत्यु भएको दाहालले जानकारी दिए ।

बाँकेमा पनि दुई संक्रमितको मृत्यु

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुई सङ्क्रमितको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका– १० ट्राफिक चोकका ८४ वर्षीय वृद्ध र कोहलपुर नगरपालिका- ८ निवासी ७१ वर्षीया वृद्धाको शनिबार राति मृत्यु भएको हो ।

बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा उपचाररत वृद्धको शनिबार राति ९:५५ बजे मृत्यु भएको हो । त्यसको पाँच मिनेटको अन्तरमा १० बजे महिलाको मृत्यु भएको थियो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि पीसीआर परीक्षण गर्दा पुरुषमा गत असोज ६ गते र महिलामा १४ गते कोरोना सङ्क्रमण देखिएको थियो ।

दुवै जनालाई भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर रोगको प्रकृतिअनुसार सबै प्रकारको आवश्यक उपचार गरिए पनि स्वास्थ्य अवस्थामा सुधार भएको थिएन ।

योसँगै बाँके जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ । बाहिरी जिल्लाबाट उपचारको क्रममा बाँकेमा आई मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।

बाँकेको भेरी अस्पतालमा उपचाररत आठ जना र शिक्षण अस्पताल कोहलपुरका १२ गरी २० संक्रमित सिकिस्त अवस्थामा रहेको उनले बताए ।

चितवनमा पनि थप एक जना सङ्क्रमितको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं १ निवासी ७५ वर्षीया वृद्धाको चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।

दम, उच्च रक्तचाप र निमोनियासम्बन्धि समस्या भई असोज २२ गते अस्पताल भर्ना भएकी उनको असोज २३ गते पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।

अस्पतालको कोभिड सघन उपचार कक्षमा राखेर उपचार भईरहेको समयमा आइतबार बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत एक पुरूषको पनि पुरुषको पनि कोरोनाले मृत्यु भएको छ ।

धुलिखेल अस्पतालमा १० दिनदेखि भर्ना भएका ५२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  १० : ०५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर