आर्थिक समृद्धिको मार्गमा अग्रसर हुन सबै नेपालीलाई नयाँ वर्षले प्रेरणा मिलोस्– देउवा « Khabarhub

आर्थिक समृद्धिको मार्गमा अग्रसर हुन सबै नेपालीलाई नयाँ वर्षले प्रेरणा मिलोस्– देउवा


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नव वर्ष २०७६ ले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन सबै नेपालीलाई प्रेरणा प्रदान गर्ने विश्वास लिएका छन् ।

नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै देउवाले नव वर्ष २०७६ सालको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

नव वर्षको अवसरमा जारी गरेको शुभकामना सन्देशमा उनले देशलाई एकता, शान्ति र समृद्धिको बाटोमा अघि बढाउन, लोकतन्त्र र विकासको एजेण्डामा सङ्गठित गर्न, गाउँ–नगरमा शान्ति, सामाजिक सद्भाव र एकता सुदृढ बनाउन तथा बलियो राष्ट्र र सुदृढ नेपाली राष्ट्रियताको जगमा आर्थिक विकासको दिगो आधार स्थापना गर्दै नागरिकको गुणस्तरीय जीवनयापनका लागि क्रियाशील रहेको बताएका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ७ : ११ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई