फिल्म छान्दै उपासना « Khabarhub

फिल्म छान्दै उपासना


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार उपासना सिंह ठकुरी फिल्म ‘क्याप्टेन’ बाट एकाएक चर्चामा रहिन् ।

अनमोल केसीको समेत अभिनय रहेको यो फिल्मले व्यावसायिक सफलता हात पार्न नसके पनि उपासनालाई भने सफलता दिलायो ।

पहिलो फिल्मबाटै चर्चा बटुल्न सफल कलाकार हुन् उपासना । उनलाई फिल्मबाट शीर्ष भूमिकाका लागि प्रस्तावहरू आइरहेका छन् । तर, कोरोना कहरअघि उनले पढाइका लागि ब्रेक दिएको भन्दै केही महिना फिल्ममा काम नगर्ने बताएकी थिइन् ।

लकडाउनपछि पनि उनलाई निरन्तरजसो फिल्ममा अफर आइरहेका छन् । उपासनाले शुक्रवार एजुकेशन एण्ड माइग्रेसन कर्नरको ‘ब्रान्ड एम्बास्डर’ मा नियुक्त गर्ने कार्यक्रममा बोल्दै लकडाउनयता मात्र आठवटा फिल्मबाट अफर आएको दाबी गरिन् ।

‘मलाई लकडाउनपछि पनि ८/९ वटा फिल्मबाट अफर आयो, तीमध्ये २ वटा स्किृप्टको वानलाइन स्टोरी मन परेको छ,’ उनले भनिन् ।

उपासनाले कोरोना महामारीका कारण सिर्जित अवस्था सामान्य भएपछि कुनै एक फिल्ममा काम गर्ने सोच बनाएको पनि बताइन् ।

यसअघि उपासनाले अभिनय गरेको फिल्म ‘कबड्डी ३’ ले राम्रो प्रतिक्रिया पाएको थियो । फिल्मबाट उपासनाको कामको पनि तारिफ भएको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  १ : १५ बजे

सोलुखुम्बुमा कांग्रेस उम्मेदवार निर्वाचित

सोलुखुम्बु– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोलुखुम्बुबाट नेपाली कांग्रेसका प्रकाशसिंह कार्की निर्वाचित

रौतहट–२ बाट कांग्रेस उम्मेदवार आलम निर्वाचित

रौतहट– रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार डा.

जताततै घण्टी बज्दा ठुला दलमा ‘हाइभोल्टेज’को झड्का : प्रचण्डबाहेक सबै नेता पराजित

काठमाडौँ – जेनजी आन्दोलनपछि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभर

भोजपुरमा माटो चिह्नका उम्मेदवार अगाडि

भोजपुर– गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणाम आउने

समानुपातिकमा पनि रास्वपा ठूलो अन्तरले अगाडि, कुन दलको मत कति ?

काठमाडौँ– प्रतिनिधिसभा सदस्य अन्तर्गत समानुपातिकतर्फको मतगणना पनि जारी रहेको छ