चन्दननाथ नगरपालिका प्रमुख सेजुवाललाई कोरोना पुष्टि « Khabarhub

चन्दननाथ नगरपालिका प्रमुख सेजुवाललाई कोरोना पुष्टि


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवाल र नेकपा नेता गोमा कुँवरलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

उनीहरुको शुक्रबार स्वाब सङ्कलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा परीक्षण गरिएको थियो ।

पूर्वराज्यमन्त्री समेत रहेका कुँवरले भने, “उच्च ज्वरो आइ पीसीआर परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको हो । सम्पर्कमा रहने सबैलाई सचेत रहन आग्रह गर्दछु ।”

नगरप्रमुख सेजुवालले सङ्क्रमण देखिए पनि अहिले कुनै पनि लक्षण नदेखिएको जानकारी दिइन् ।

यसअघि कर्णाली प्रदेश सांसद दिनवन्धु श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, उद्योग वाणिज्य संघका अध्यक्ष रजवअली मनियार, क्षेत्रीय होटल व्यवसायी संघका दिलबहादुर महत, शिक्षिक भगवती श्रेष्ठ, नेकपा युवा नेता जीवन बढ्थापा, हातोमालो निर्देशक टेक रावतलाई सङ्क्रमण भएको थियो ।

उनीहरु सबै जना कोरोनाबाट मुक्त भइसकेका छन ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  २ : ४७ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ