कर्मचारीमा कोरोना देखिएपछि वाणिज्य विभागका सेवा स्थगित « Khabarhub

कर्मचारीमा कोरोना देखिएपछि वाणिज्य विभागका सेवा स्थगित


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै विभागअन्तर्गत हुने केही काम स्थगन गरिएको छ ।

विभागमा कार्यरत कर्मचारीमा शुक्रबार सङ्क्रमण भएपछि कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राख्दै प्राइभेट तथा साझेदारी फर्म दर्ता, एजेन्सी, कम्पनीका नयाँ दर्ता, ठाउँसारी, पूँजी वृद्धि, खारेजी, उद्देश्य परिवर्तनसम्बन्धी सम्पूर्ण कार्य स्थगन गरिएको विभागका निर्देशक शिवराज सेढाइँले जानकारी दिए ।

अर्को सूचना नभएसम्मका लागि आजदेखि उक्त कार्य स्थगन गरिएको उनले बताए ।

उनका अनुसार उक्त सेवाका लागि यही असोज २३ गतेसम्म निवेदन पेश भएका सम्पूर्ण कार्य स्वास्थ्य सुरक्षा अपनाउँदै फछ्र्योट गरिनेछ ।

यसैगरी विभागले मङ्सिर ७ गतेसम्म म्याद समाप्त हुने फर्मको नवीकरणबाहेकका कामका लागि अनलाइनबाट आवेदन गर्ने व्यवस्थासमेत स्थगन गरेको छ ।

विभागको व्यापार प्रशासन सम्बद्ध तथा बजार अनुगमन शाखाका कर्मचारीमा कोरोना सङ्क्रमण भएसँगै अधिकांश सेवा स्थगन गरिएको हो ।

विभागका धेरै कर्मचारीको सरुवा भएको तथा नयाँ आउने कर्मचारी आइनपुग्दा सेवा प्रवाहमा समस्या भएको विभागका अधिकारी बताउँछन् ।

बजार अनुगमनका कर्मचारी पर्याप्त मात्रामा नहुँदा दैनिक चार समूहबाट अनुगमन गर्दै आएको जनाइएको छ ।

यस्तो छ विभागद्वारा जारी सूचना

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ३ : ५० बजे

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ