कोलम्बियाका पूर्वराष्ट्रपति उरिबे नजरबन्द मुक्त | Khabarhub Khabarhub

कोलम्बियाका पूर्वराष्ट्रपति उरिबे नजरबन्द मुक्त


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोलम्बियाका पूर्वसिनेटर तथा पूर्वराष्ट्रपति अल्भारो उरिबेलाई नजरबन्दबाट मुक्त भएका छन् ।

कोलम्बियाको एक अदालतले उनलाई नजरबन्द मुक्त गर्न आदेश दिएसँगै दुई महिनादेखि  घरमा नजरबन्दमा रहेका उनी मुक्त भएका हुन् ।

यद्यपि उरिबेविरुद्धको कथित घूसखोरी र प्रक्रियात्मक ठगीको लागि अनुसन्धानमा जारी रहेको अदालतले जनाएको छ । यसै विषयलाई लिएर पूर्वराष्ट्रपति उरिबेका एक वकिललाई हिरासतमा राखिएको छ ।

प्रतिपक्षी सिनेटर इभान सिपेडाले एक अर्ध–सैनिक समूहसँगको सम्बन्धको आरोप उरिबे र उनको भाइकोविरूद्ध लगाएका थिए ।

उरिबेले भने ती आरोपमा कुनै सत्यता नरहेको आफ्नो कुनै संलग्नता नरहेको बताउँदै आएका छन् ।

उरिबे डिमोक्रेटिक सेन्टर पार्टीका सिनेटर हुँदै राष्ट्रपतिमा निर्वाचित भएका थिए । न्यायाधीशले उरीबेलाई नजरबन्दबाट मुक्त गर्ने निर्णयको सिपेडाले सम्मान गर्ने तर, यस मुद्दामा आफ्नो अधिकारको प्रयोग गर्दै माथिल्लो अदालतमा पुनरावेदन गर्ने बताए ।

अगस्टमा राष्ट्रपति इभान डुकले सर्वोच्च अदालतले उरिबेलाई नजरबन्दमा राख्ने निर्णय गरेकोमा दुःख व्यक्त गरेको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ५ : ५७ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार