कोलम्बियाका पूर्वराष्ट्रपति उरिबे नजरबन्द मुक्त « Khabarhub

कोलम्बियाका पूर्वराष्ट्रपति उरिबे नजरबन्द मुक्त


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोलम्बियाका पूर्वसिनेटर तथा पूर्वराष्ट्रपति अल्भारो उरिबेलाई नजरबन्दबाट मुक्त भएका छन् ।

कोलम्बियाको एक अदालतले उनलाई नजरबन्द मुक्त गर्न आदेश दिएसँगै दुई महिनादेखि  घरमा नजरबन्दमा रहेका उनी मुक्त भएका हुन् ।

यद्यपि उरिबेविरुद्धको कथित घूसखोरी र प्रक्रियात्मक ठगीको लागि अनुसन्धानमा जारी रहेको अदालतले जनाएको छ । यसै विषयलाई लिएर पूर्वराष्ट्रपति उरिबेका एक वकिललाई हिरासतमा राखिएको छ ।

प्रतिपक्षी सिनेटर इभान सिपेडाले एक अर्ध–सैनिक समूहसँगको सम्बन्धको आरोप उरिबे र उनको भाइकोविरूद्ध लगाएका थिए ।

उरिबेले भने ती आरोपमा कुनै सत्यता नरहेको आफ्नो कुनै संलग्नता नरहेको बताउँदै आएका छन् ।

उरिबे डिमोक्रेटिक सेन्टर पार्टीका सिनेटर हुँदै राष्ट्रपतिमा निर्वाचित भएका थिए । न्यायाधीशले उरीबेलाई नजरबन्दबाट मुक्त गर्ने निर्णयको सिपेडाले सम्मान गर्ने तर, यस मुद्दामा आफ्नो अधिकारको प्रयोग गर्दै माथिल्लो अदालतमा पुनरावेदन गर्ने बताए ।

अगस्टमा राष्ट्रपति इभान डुकले सर्वोच्च अदालतले उरिबेलाई नजरबन्दमा राख्ने निर्णय गरेकोमा दुःख व्यक्त गरेको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ५ : ५७ बजे

रोल्पाको थवाङमा जिप भिरमा खस्दा कम्तीमा १७ जनाको मृत्यु

काठमाडौं- रोल्पामा जिप दुर्घटना हुँदा कम्तीमा १७ जना यात्रुले ज्यान गुमाएका

‘लालीबजार’ एक्सप्लेनर : रोशनी बादीले फिल्म हेरेपछि…

काठमाडौं- बादी समुदायबारेका तीन सिर्जना (दुई किताब ‘ऐलानी’ र ‘नथिया’

बोइङसँग बङ्गलादेशको ३.७ अर्ब डलर सम्झौता

ढाका- बङ्गलादेशले आफ्नो राष्ट्रिय ध्वजावाहक विमान कम्पनीलाई आधुनिकीकरण गर्ने लक्ष्यसहित

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने प्रस्ताव

काठमाडौं- सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न

बागलुङको दुर्गम गाउँमा बन्यो पाँच श्ययाको अस्पताल

गलकोट (बागलुङ)- जिल्लाको तमानखोला गाउँपालिका-५ खुङ्खानीमा पाँच श्ययाको आधारभूत अस्पताल