हाल्याण्डको ह्याट्रिकमा नेसन्स लिगमा नर्वेको शानदार जित « Khabarhub

हाल्याण्डको ह्याट्रिकमा नेसन्स लिगमा नर्वेको शानदार जित


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इर्लिङ हाल्याण्डले पहिलो अन्तराष्ट्रिय ह्याट्रिकमा नर्वेले रोमानियाविरुद्ध शानदार जित निकालेको छ ।

आइतबार राति भएको खेलमा हाल्याण्डको उत्कृष्ट प्रदर्शनमा नर्वेले रोमानियालाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

बोरुसिया डर्टमण्डका फरवार्डले आफ्नो उत्कृष्ट फर्मलाई निरन्तरता दिदै खेलको १५औं मिनेटमा नर्वेलाई अघि बढाएका थिए ।

जर्मन क्लब आरबी आइपेजिगका अलेक्जेनडर सोरलाथले अग्रता दोब्बर बनाए ।

६४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका हाल्याण्डले त्यसको १० मिनेटपछि ह्याट्रिक पूरा गरे ।

नेसन्स लिगको समूहको शीर्ष स्थानमा रहेको नर्वेले अब नर्दन आयरल्याण्डसंग खेल्नेछ ।

नर्वे गत बिहीबार युरो कप छनोटको प्लेअफमा सर्बियासंग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ७ : ५५ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार