सुनसरीका विभिन्न स्थानमा दुर्घटना, तीन जनाको मृत्यु « Khabarhub

सुनसरीका विभिन्न स्थानमा दुर्घटना, तीन जनाको मृत्यु


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

सुनसरी भोक्राहानर्सिङ–१ स्थित राजमार्गमा प्रदेश २–०१–००१ प १६०७ नम्बरको मोटरसाइकलले पैदल यात्री ६५ वर्षीय सोकील मियाँलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ ।

उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा आइतबार  साँझ ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै आइतबार दिउँसो ४ बजेतिर दुहबी कदमगाछीस्थित राजमार्गमा मे १ ख २४९८ नम्बरको डिजल बोकेको ट्याङकरले ठक्कर दिँदा को १७ प ६९८१ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मोरङ सुन्दरहरैँचाका ७० वर्षीय कृष्ण दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै आइतबार राति १२ बजेतिर भोक्राहानरसिंह– १ खोनिया पुलस्थित राजमार्गमा ना ५ ख ५१०१ नम्बरको ट्रक अनियन्त्रित भई पल्टदा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तत्काल नामथर वतन खुल्न नसकेकी ३७/३८ वर्षीया महिला रहेकी छन् । ट्रकमै च्याप्पिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ११ : २५ बजे

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको