ज्योतिष डा.उत्तम उपाध्यायको ‘के भन्छन् तपाईंका कुण्डलीका ग्रहले’ पुस्तक सार्वजनिक | Khabarhub Khabarhub

ज्योतिष डा.उत्तम उपाध्यायको ‘के भन्छन् तपाईंका कुण्डलीका ग्रहले’ पुस्तक सार्वजनिक


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अधिकांश नेपाली आफ्नो धर्म र संस्कृतिप्रति निकै सचेत छन् । परम्परादेखिको धर्म संस्कृतिलाई आफ्नो जीवनशैली बनाउँदै आएका नेपालीहरु अहिले पनि त्यसलाई निरन्तरता दिने पक्षमा देखिन्छन् ।

यसैका लागि उनीहरु ज्योतिष विज्ञानको सहयोग लिने गरेका छन् । ज्योतिष विज्ञानका नाममा हुने गरेका र भइरहेका कतिपय विकृतिलाई चिर्न ज्योतिषकै ज्ञाताहरुलाई सकस परिरहेको बेला एक जना ज्योतिष विज्ञानका ज्ञाताले पुस्तक नै प्रकाशित गरेर आम नेपालीलाई मात्र होइन ज्योतिष विज्ञानमा रुची र चासो राख्ने विश्वकै नयाँ पुस्तालाई सहयोग पुर्याएका छन् ।

पछिल्लो पुस्ताका तर निकै चर्चित ज्योतिष विज्ञानका ज्ञाता डा. उत्तम उपाध्याय न्यौपानले ‘के भन्छन् तपाईंका कुण्डलीका ग्रहले’ पुस्तक प्रकाशित गरेर ज्योतिष विज्ञानप्रति चासो राख्नेहरुलाई सहयोग पुर्याएका छन् । यो पुस्तकमा ज्योतिषसम्बन्धी सामान्य ज्ञानदेखि लिएर कतिपय विषयमा विस्तृत विवरणसमेत दिने प्रयास गरिएको छ ।

पुस्तकमा ज्योतिषशास्त्रका सिद्धान्त र संहितालाई संक्षेपमा विश्लेषण गरिएको छ । त्यसैगरी ग्रह नक्षत्रादिको गति स्थिति, आकाशीय घटना, ग्रहहरुको उदय, अस्त, सूर्यग्रहण, चन्द्रग्रहणलगायतका विषयमा पनि यो पुस्तकमा स्पष्ट पारिएको छ । त्यस्तै व्यक्ति विशेषका बारेमा शुभाशुभ फल, विवाह, ब्रतबन्ध, गृहारम्भ, गृह प्रवेश आदि विभिन्न विषयमा शुभ मुहूर्त प्रतिपादन गर्ने तरीका यो पुस्तकमा लेखिएको छ ।

ज्योतिषशास्त्रमा ९ वटा ग्रह मानिन्छन् । यो पुस्तकमा ९ वटै ग्रह (सूर्य, चन्द्रमा, मंगल, बुध, वृहस्पति, शुक्र, शनि, राहु र केतु) ले दिने शुभ तथा अशुभ फलका बारेमा गहन अध्ययन गरिएको छ । यस्तै यी नौ वटै ग्रहले व्यक्तिको कुण्डलीका प्रत्येक भावमा प्रभाव एवम् प्राचीन विस्तारसँग प्रस्तुत गरिएको छ । जुन शास्त्रले ईश्वरी जगतदेखि मानव जगतसम्म ठूलो पाएको छ ।

डा. उपाध्यायले होराशास्त्रका आधारमा लेखेको यो पुस्तकमा मेषादी राशीको र सूर्यादी ग्रहहरुको गति स्थिति स्वरुप स्पष्ट लेख्नुका साथै उच्च नीच स्थान परिचय र केन्द्र त्रिकोण स्थानको विवरण पनि दिएका छन् ।

यसपछि कुन भावबाट के–के कुरा हेर्ने, कुन ग्रहको वर्ण एवम् स्वभाव कस्तो हुन्छ आदि विषय प्रतिपादन गर्दै राजयोग कसरी बन्छ, ग्रहहरुको राम्रो र स्थानअनुसारको शुभाशुभ फल के कस्तो हुन्छ आदि विषय विस्तृत रुपमा लेखेका छन् ।

यो पुस्तकबाट ज्योतिषको अध्ययन, चिन्तन र व्यवहारिक ज्ञान लिन चाहने व्यक्तिले निकै राम्रो लाभ प्राप्त गर्न सक्छन् । ज्योतिष विषयको अध्ययन गरेर त्यसबाट जिविकोपार्जन गर्नेतर्फ लाग्ने मनस्थिति बनाएका मानिसका लागि त यो पुस्तक अत्यन्त उपयोगी आधारग्रन्थ नै हुने छ ।

ज्योतिष कस्तो विषय हो, त्यसमा के कस्ता विषय वस्तु उपस्थित छन्, जन्मकुण्डीको कुन स्थानमा कस्तो स्थितिको कुन ग्रह बसेको छ, त्यसले आफ्नो जीवनको कुन उमेरमा के कस्ता प्रभाव पार्दछ भन्ने कुराको जानकारी राख्न चाहने मानिसका लागि पनि यो पुस्तक उपयोगी हुने छ । नेपाली भाषामा लेखिएकाले सर्वसाधारणका लागि पनि निकै आकर्षक एवम् प्रयोजनीय बन्नेछ ।

ज्योतिष तथा वास्तुविज्ञ डा. उपाध्यायले यसअघि ग्लोबल वास्तु नामक पुस्तक पनि प्रकाशित गरिसकेका छन् । यो पुस्तक आम नागरिकमा वास्तुसम्बन्धी जानकारी हासिल गर्न निकै उपयोगी सावित भएको थियो ।

डा. उपाध्यायले नेपाल टेलिभिजनमा समेत ज्योतिष र वास्तुसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका छन् । उनी नयाँ पुस्ताका निकै लोकप्रिय ज्योतिष र वास्तुविद् मात्र नभएर सामाजिक सेवामा पनि सक्रिय रहँदै आएका छन् ।

२०७२ सालको भूकम्पका बेला र हाल कोरोना भाइरसको संक्रमणका बेला अप्ठ्यारोमा परेकाहरुलाई उनले विभिन्न ठाउँमा पुगेर सहयोग गर्दै आएका छन्।

सिन्धुपाल्चोकमा जन्मिएका डा. उपाध्यायले हाल पशुपति क्षेत्रमा कार्यालय नै स्थापना गरेर ज्योतिष तथा वास्तुसम्बन्धी सेवा दिँदै आएका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ११ : ४० बजे

नियमनका नाममा सामाजिक सञ्जाल नियन्त्रण कांग्रेसले स्वीकार्दैन : विश्वप्रकाश शर्मा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाललाई नियमनको नाममा

अध्यादेशमार्फत् योजना आयोगको भूमिकामा सरकारको अंकुश

काठमाडौं- सरकारले ल्याएको अध्यादेशले बजेट निर्माण प्रक्रियामा राष्ट्रिय योजना आयोगको

संसद्‍मा उठ्यो आईजीपी वसन्त कुँवरमाथि छानबिन हुनुपर्ने माग

काठमाडौं – प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरमाथि छानबिन गर्न प्रतिनिधिसभामा कुरा

आशिका तामाङलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं– आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको

सञ्चार मन्त्रालयले सार्वजनिक गर्‍यो दोस्रो सय दिनमा गरेका काम

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वर्तमान सरकार गठन भएको