अस्ट्रियाको भिएनामा आतंकवादी हमला, दुईको मृत्यु « Khabarhub

अस्ट्रियाको भिएनामा आतंकवादी हमला, दुईको मृत्यु


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अस्ट्रियाको राजधानी भिएनामा आतंकवादी हमलामा कम्तीमा दुई जनाको मृत्यु भएको छ ।

भियनाका विभिन्न ६ स्थानमा भएको हमलामा एक हमलाकारीसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा अन्य १५ जना घाइते भएका छन् । त्यसमध्ये छ जनाको अवस्था गम्भीर रहेको भिएनाका मेयरले जनाएका छन् ।

राइफलसहित आएका व्यक्तिहरूले एकसाथ छ फरक स्थानमा गोली चलाउन थालेका थिए । लगत्तै प्रहरी र आक्रमणकारीहरूबीच गोली हानाहान भएको थियो ।

घटनालाई अस्ट्रियाका चान्सलर जेबास्टियन कुर्ट्सले एउटा ‘घृणित आतङ्कवादी हमला’ भनेका छन्।

एक हमलाकारी मारिएको र अर्का एकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

तस्वीर : रोयटर्स

स्थानीय बासिन्दालाई सार्वजनिक ठाउँमा ननिस्किन र यातायात प्रयोग नगर्न अस्ट्रिया सरकारले आग्रह गरेको छ ।

चेक गणतन्त्रका प्रहरीले अस्ट्रियासँगको सीमानामा सुरक्षा जाँच शुरू गरेको बीबीसीले जनाएका छन्।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ६ : २२ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि