कोरोना भाइरसका कारण रानु मण्डलको जिन्दगीमा फेरि छायो अँध्यारो « Khabarhub

कोरोना भाइरसका कारण रानु मण्डलको जिन्दगीमा फेरि छायो अँध्यारो


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – रेल्वे स्टेशनमा बसेर गीत गाउने रानु मण्डलको भाग्य सन् २०१९ मा एकाएक बदलिएको थियो ।

सामाजिक सञ्जालमा रानुले गीत गाउँदै गरेको एक भिडियो भाइरल भएपछि उनको खुब चर्चा भएको थियो । रानुले लता मंगेशकरको गीत गाएकी थिइन् ।

भाइरल भएपछि उनको भविष्य बदलिएको थियो । तर, कोरोना भाइरसका कारण रानुको जीवन पुनः उस्तै अवस्थामा पुगेको छ ।

भारतीय समाचार संस्था न्यूज १८ का अनुसार रानुले आफ्नो नयाँ घर छोडेर पुरानो घरमा गएकी छिन् । रानुसँग यतिबेला कुनै काम छैन ।

बलिउडमा काम नहुँदा उनको आर्थिक अवस्था पुनः खराब हुँदै गएको छ । जसकारण उनी पुरानो घरमा फर्किएकी छिन् ।

यसअघि रानु मण्डल भाइरल भएपछि हिमेश रेशमियाले उनलाई गीतमा मौका दिएका थिए । त्यसपछि उनको थप चर्चा भएको थियो ।

एकपटक रानु मण्डल बढी मेकअप गरेका तस्वीर सार्वजनिक भएपछि पनि चर्चामा आएकी थिइन् ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  २ : ०७ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार