प्रभासको फिल्ममा अजयको इन्ट्री, शिवको भूमिका निभाउँदै « Khabarhub

प्रभासको फिल्ममा अजयको इन्ट्री, शिवको भूमिका निभाउँदै


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण फिल्म उद्योगका सुपरस्टार प्रभासको फिल्म ‘आदिपुरुष’ पुनः एकपटक चर्चामा आएको छ । उक्त फिल्ममा भारतीय अभिनेता अजय देवगनको इन्ट्री भएको छ ।

केही समयअघि निर्देशक ओम राउतले सैफ अली खानले लंकेशको भूमिका निभाउने बताएका थिए ।

खबरका अनुसार, अजय देवगन यो फिल्ममा भगवान् शिवको भूमिका निभाउने छन् । यसअघि अजयले ओम राउतसँग फिल्म ‘तान्हाजी’ मा काम गरेका थिए ।

‘आदिपुरुष’ मा अजय अनुबन्ध भएकोबारे औपचारिक घोषणा भने गरिएको छैन । भारतीय मिडियाहरुले स्रोतको हवाला दिँदै यसबारेमा लेखेका छन् ।

यो फिल्ममा प्रभावले भगवान् रामको भूमिका निभाउँदैछन् । फिल्मको शूटिङ सन् २०२१ बाट शुरु हुने चर्चा छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ३ : २८ बजे

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा